एकीकृत फ्रेण्डसिप साकोसको नवौं साधारण सभा सम्पन्न, खुद नाफा १ करोड २६ लाख
दोलखा : जिरीमा मुख्य कार्यालय एकीकृत फ्रेण्डसिप वचत तथा ऋण सहकारी संस्थाकोे नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गत असाेज २० देखि २७ गतेसम्म १३ वटा सेवा केन्द्रमार्फत क्षेत्रगतरुपमा साधारण सभा आयोजना गरी अशोज २८ गते मुख्य कार्यालयमा निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष भुमीराज खड्काको अध्यक्षतामा एवं जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलको प्रमुख आतिथ्यतामा सभा सम्मन्न गरिएको हो । संस्थाका सह–सचिव जयन्ती प्रधानले वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक केशव खड्काले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

साधारण सभामा उत्कृष्ट बचतकर्ता, सेयरसदस्य, मोवाइल बैंकिङमा अधिक कारोवार गर्ने सेयर सदस्य तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउने बाल सदस्यलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
संस्थाले विभिन्न ९ वटा सहकारी संस्थासँग एकिकरण गरी दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाण्डौ जिल्लालाई समेत कार्यक्षेत्र सदस्यहरुलाई वित्तीय लगायत अन्य सेवाहरु प्रदान गर्दै आएको छ । संस्थाले विभिन्न १४ प्रकारका बचत योजना सञ्चालनमा ल्याएको छ भने सदस्यहरुलाई तरकारी तथा फलफुल, कृषि, बन, थोक तथा खुद्रा, शैक्षिक, उत्पादन तथा पर्यटन, लघुवित्त, हायरपर्चेज र वैदेशिक रोजगार जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।
संस्थाले सदस्य राहत कोष, सुत्केरी स्याहार र वृद्ध भत्ता जस्ता कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई सुविधा प्रदान गर्दै आएको छ । संस्थाले मोबाइल बैंकिङ समेत सञ्चालनमा ल्याएको र उक्त एपको प्रयोग विभिन्न युटिलिटी पेमेन्ट, रकम ट्रान्सफर लगायतका सुविधा प्रयोग गर्न सकिने जनाएको छ ।
संस्थामा गत असार मसान्तसम्मा १४ हजार ८९२ सदस्य, १० करोड ६७ लाख शेयरपुँजी, विभिन्न कोषहरुमा ९ करोड ७४ लाख, १ अर्ब ९ करोड ७२ लाख बचत संकलन, ९६ करोड ९९ लाख ऋण सम्पत्ति एक अर्ब ३३ करोड ३६ लाख ९२ हजार रुपैंया पुगेको छ । संस्थाले त्यस अवधिमा १ करोड २६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
