२३ कात्तिक २०८३, सोमबार

‘बेलैमा लेखा समितिको क्षमता बढाउन सकेको भए धेरै संस्था दुर्घटनाबाट जोगिने थिए’

२०८० असोज २२, सोमबार
‘बेलैमा लेखा समितिको क्षमता बढाउन सकेको भए धेरै संस्था दुर्घटनाबाट जोगिने थिए’

राष्ट्रिय सहकारी बैंक लिमिटेड सहकारी संघ/संस्थाहरुको प्रवर्द्धन, विकास एवम् बैंकिङ कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक हो । बैंकसँग १६ हजारभन्दा बढी सहकारी आवद्ध छन् । हाम्रा सदस्य सहकारीका आ–आफ्नै समस्या छन् ।

सहकारी सञ्चालनमा मुख्य गरी तीनवटा कम्पोनेन्टको आवश्यकता पर्छन् । त्यो भनेको सहकारीको सञ्चालक समिति, कर्मचारी र लेखा समिति हो । कहिलेकाहीँ सहकारीको सञ्चालक समिति र कर्मचारी ट्रयाक भन्दा बाहिर जान सक्छ । यस्तो अवस्थामा हेर्ने भनेको लेखा सुपरिवेक्षण समितिले हो । संस्थाको लेखा समिति नै कमजोर र पछिपर्यो भने त्यो संस्थाको समग्र कार्यप्रगति वित्तीय प्रणाली ध्वस्त बन्न सक्छ ।

अहिले अधिकांश सहकारी संघ संस्थाहरूमा समस्या आनुको कारण पनि यहीँ हो । बेलैमा संस्थाको लेखा समितिको क्षमता बढाउन सकेको भए, बुझाउन र सिकाउन सकेको भए धेरै संस्था दुर्घटनाबाट जोगिने थिए । अर्को पक्ष भनेको सहकारीहरूको पनि साइज बढ्दै गएको छ । ठूलो वित्तीय कारोबार गर्ने संस्थाहरूको लेखा समिति, लेखा परीक्षण राम्रो र व्यवस्थित हुन सकेन भने अहिलेको भन्दा पनि ठूलो समस्या आउन सक्छ भन्ने लाग्यो ।

हामीले लेखा प्रणाली व्यवस्थित गर्ने र सिकाइ गर्ने उद्देश्यले राष्ट्रिय गोष्ठीको आयोजना गरेका हौँ । मुख्य त बचत तथा ऋणको कारोबार गर्ने र बढीभन्दा बढी वित्तीय कारोबार गर्ने संघ संस्थालाई नै टार्गेट गरेर यो गोष्ठीको आयोजना गरेका हौँ । यसमा देशैभरीबाट ४ सय देखि ५ सय लेखा समितिका सदस्य सहभागी हुन्छन् ।

(यही असोज २५ र २६ गते राष्ट्रिय सहकारी बैंक लिमिटेडले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० बारेमा केन्द्रीत रहेर बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईंसँग गरिएको कुराकानीमा आधारित)

अभिलेख

लोकप्रिय