२३ कात्तिक २०८३, सोमबार

आयाम सहकारीको ११औं साधारण सभा सम्पन्न, अध्यक्षमा गणेश प्रसाद नेपाल चयन

२०८० असोज २०, शनिवार
आयाम सहकारीको ११औं साधारण सभा सम्पन्न, अध्यक्षमा गणेश प्रसाद नेपाल चयन

काठमाडौं : आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशव प्रसाद नेपालको सभापतित्व एवं बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता शनिबार सम्पन्न भएको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण तथा आ.व. २०८०/०८१ को प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका कोषाध्यक्ष नविन खकुरालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक केशवप्रसाद नेपालले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थामा २ हजार ५ सय १८ जना सेयर सदस्य रहेका छन् । संस्थाको सेयर पुँजी ४ करोड ६४ लाख २६ हजार पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.३२ प्रतिशतले बढेको हो । संस्थाको कुल बचत २२ करोड ९२ लाख ४१ हजार ९ सय ४२ रुपैयाँ, कर्जा लगानी २७ करोड १० लाख २३ हजार ७ सय ५१ रुपैयाँ रहेको छ । आ.व. २०७९/०८० मा ४ करोड ८८ लाख ४५ हजार ७ सय ८७ रुपैयाँ आम्दानी गर्न संस्था सफल भएको छ । सोही अवधिमा संस्थाले ४ करोड ७८ लाख ९५ हजार १० रुपैयाँ खर्च गरी ९ लाख ५० हजार ७ सय ७७ रुपैयाँ नाफा नाफा गर्न सफल भएको छ ।

साधारण सभाले तीन वटै प्रतिवेदन उपर छलफल गरी साधारण सभाले पारित गरेको छ ।

यसैबीच संस्थाले पूरक निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव प्रसाद नेपालले राजिनामा दिएपछि रिक्त स्थानमा पुरक निर्वाचन गरिएको हो । तेजप्रसाद बजगाईंको संयोजकत्वमा गठित निर्वाचन समितिले पूरक निर्वाचन सम्पन्न गरेको हो । साधारण सभाले अध्यक्षमा गणेश प्रसाद नेपाललाई सर्वसम्वत चयन गरेको छ ।

अभिलेख

लोकप्रिय