२३ कात्तिक २०८३, सोमबार

‘लेखा समितिको गोष्ठी ऐतिहासिक र सक्षम कार्यक्रम हुनेमा हामी विश्वस्त छौं’

२०८० असोज १९, शुक्रबार
‘लेखा समितिको गोष्ठी ऐतिहासिक र सक्षम कार्यक्रम हुनेमा हामी विश्वस्त छौं’

सहकारी संस्थाहरुमा दिनप्रतिदिन समस्या बढी रहेको छ । समस्या बढेसँगै सहकारी क्षेत्रकै बदनाम भईरहेको छ । आफूलाई अप्ठेरो पर्दा सञ्चालक स्वंयमले थाहा छैन भन्ने र सदस्यहरुले पनि पैसासँग मात्रै जोडेर हेर्ने परिपाटी विकास भयो । सदस्य संस्थाबीचको सम्बन्ध समेत बिग्रिदै गएको अवस्था छ । सहकारीलाई सुशासनमा ल्याउन, संस्थाको आन्तरिक कार्यविधि, सञ्चालक समितिले गरेका निर्णयको कार्यान्वयनको अवस्था, बेथितिमा काम गरे नगरेको हेर्ने मुख्य निकाय भनेको लेखा सुपरिवेक्षण समिति हो । तर, यो सन्दर्भमा लेखा समितिको भूमिका प्रभावकारी भएन । सञ्चालकमा अटाउन नसकेपछि लेखा समितिमा राखिदिने परिपाटी धेरै संस्थामा देखियो ।

लेखा समितिको काम, कर्तव्य र अधिकार के हो?, लेखा समितिले के-के काम गर्नुपर्दछ? अन्तर्राष्ट्रिय अभ्यास के छन्?, नेपालमा लेखा समिति किन निष्कृय भयो?, गर्नुपर्ने जिम्मेवारी के-के हुन्? भन्ने जानकारी गराउने उद्देश्यले गोष्ठीको हो । भोली संस्था अप्ठेरोमा पर्दा त्यसको भागिदारे लेखा समिति पनि हुन्छ । अहिलेको आवश्यकता भनेको लेखा समितिलाई सकृय बनाउनु हो । लेखा समितिलाई सकृय बनाउन केन्द्रीय संघ, महासंघले भूमिका नखेलेपछि बैंकले गोष्ठीको आयोजना गरेको हो । राष्ट्रिय सहकारी बैंक भनेको समग्र सहकारी क्षेत्र कै बैंक हो । सहकारी बैंकले लगानी गर्दा पनि राम्रो संस्थालाई मात्रै लगानी गर्नुपर्ने गाईडलाईन राष्ट्र बैंकको छ । दिनप्रतिदिन संस्था बिग्रदै जाने अवस्था भएपछि व्यवस्थित बनाउने जिम्मेवारी लेखा समितिको नै हो । लेखा समिति सकृय भयो भने संस्था बिग्रदैन ।

लेखा समिति प्रभावकारी रुपमा अघि बढोस् भनेर “दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित असोज २५ र २६ गते  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकमार्फत लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी-२०८० आयोजना  गरेका हौं ।

सहकारी संस्थालाई दिगो, सक्षम, चलायनमा बनाउन तथा सञ्चालक समितिलाई गाईडलाईन दिन र संस्थालाई प्रभावकारी बनाउन लेखा समितिको अब्बल भूमिका स्थापित हुन्छ भनेर गोष्ठीको आयोजना गरिएको हो ।

राष्ट्रिय सहकारी बैंकले तालिम, गोष्ठी गर्यो भन्ने कुरा बजारमा धेरै सुनिन्छ । बैंकले वित्तीय कारोबार मात्रै गर्नुपर्छ भन्ने पनि छ । तालिम, गोष्ठी, शिक्षाका कार्यक्रम अरु निकायले गरिदिए हुन्थ्यो भन्ने चाहना हाम्रो पनि हो । तर, अरु निकायले प्रभावकारी ढंगले काम गर्न सकेन । कुनै न कुनै निकायले त गर्नुनै पर्यो नि त । अहिलेको अवस्थामा लेखा समितिलाई जिम्मेवार बनाउनुपर्छ भन्ने हामीले महशुस गर्यौं । यस्तो बेलामा राष्ट्रिय सहकारी बैंक टुलुटुल हेरेर बस्न सक्दैन । त्यही भएर यो विषयलाई महत्वका साथ अघि बढाएका हौं ।

यो गोष्ठी ऐतिहासिक, राम्रो र कार्यान्वयनमा पनि जाओस् भनेर महत्वका साथ अघि बढाएका छौं । यो गोष्ठी ऐतिहासिक र सक्षम कार्यक्रम हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

अभिलेख

लोकप्रिय