नेचुरल सहकारी र समरा गार्डेन एण्ड क्याटरिङबीच सम्झौता, सदस्यले ५०% सम्म छुट पाउने
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाले साँखु सेवा केन्द्रका सदस्यहरुलाई लक्षित गरी समरा गार्डेन एण्ड क्याटरिङ प्रा.ली.सँग सम्झौता गरेको छ ।
सम्झौतासँगै शंखरापुर नगरपालिका–६, साँखुमा रहेको समरा गार्डेन एण्ड क्याटरिङमा नेचुरल सहकारीमा आवद्ध सदस्यहरुले विशेष छुट पाउनेछन् । उक्त सम्झौता पत्रमा संस्थाको तर्फबाट प्रमुख कार्यकारी विकल्प पाठक र समरा गार्डेन एण्ड क्याटरिङको तर्फबाट कार्यकारी प्रमुख जय नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अब नेचुरल सहकारीका सदस्यले समरा गार्डेन एण्ड क्याटरिङमा सेवा लिँदा निःशुल्कदेखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । क्याफेटेरियामा, फुड एण्ड वेभरेज, इभेन्ट एण्ड सेभिनारमा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै रुममा २० र हलमा ५० प्रतिशत छुट पाउनेछन् ।
सम्झौता कार्यक्रममा नेचुरल सहकारीका साँखु सेवा केन्द्र प्रमुख श्रीलाल श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिती थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
