२३ कात्तिक २०८३, सोमबार

भ्रामक र कपाेलकल्पित पर्चा–पम्पलेट वितरण प्रति हाम्रो मध्यवर्ती सहकारीको ध्यानाकर्षण

२०८० असोज १६, मङ्गलबार
भ्रामक र कपाेलकल्पित पर्चा–पम्पलेट वितरण प्रति हाम्रो मध्यवर्ती सहकारीको ध्यानाकर्षण

बर्दिया : ठाकुरबाबा-१, भुरीगाउँ बर्दिया स्थित हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी सस्थाले भ्रामक र कपाेलकल्पित पर्चा–पम्पलेट वितरण प्रति ध्यानाकर्षण जनाएको छ ।

साेमबार (असाेज १५ गते) अपरिचित व्यक्तीले संस्थाकाे बारेमा भ्रामक र कपाेलकल्पित पर्चा–पम्पलेट वितरण ठाउँ ठाउँमा वितरण गरेकाे प्रति संस्थाले ध्यानाकर्षण जनाएकाे हाे । संस्थाले विज्ञप्ति जारी गर्दै भनेकाे छ, `व्यक्तिगत रिसिईबी, संस्थाकाे बदनाम गर्ने, सदस्य भड्काउने उद्देश्यले कपाेलकल्पित, भ्रामक, तथ्यहिन, विना प्रमाणित पर्चा-पम्पलेट वितरणप्रति संस्थाकाे गम्भीर ध्यानाकर्षण भएकाे छ ।´ संस्थाले सदस्यहरूलाई भ्रामक र कपाेलकल्पित हल्लाकाे पछाडि नलाग्न समेत अनुराेध गरेकाे छ ।

संस्थाले छानबिन समिती गठन गरी सत्य तथ्य प्रतिबेदन तयार गरी सबै शेयर सदस्य लगायत सबै सरोकारवालालाई जानकारी गराउने समेत जनाएकाे छ । संस्थाका अध्यक्ष नवराज न्याैपानेकाे अध्यक्षतामा आज (असाेज १६ गते) बैठक बसी उठेका विषयमा छानवीन गर्ने निर्णय समेत गरेकाे छ ।

त्यस्तै विना प्रमाण सञ्चालकहरुको मानमर्दन, संस्था धरापमा पार्ने विभिन्न व्यक्तीहरुले सामाजिक सञ्जालमा गाली गलौज अपमान गर्ने किसिमका शब्दहरु प्रयोग गरेको हुदाँ निजहरुको मोबाईल रेकर्ड झिकाउने र फेसबुक पेजका स्क्रिनसर्टका प्रमाणहरु संलग्न राखी सम्बन्धीत निकायमा साईबर क्राईम सम्बन्धी उजुरी दिने निर्णय समेत गरेकाे छ।

अभिलेख

लोकप्रिय