२३ कात्तिक २०८३, सोमबार

नेचुरल सहकारी र पिपल्स लाईफ केयर अस्पतालबीच सम्झौता, उपचारमा २० प्रतिशत छुट

२०८० असोज १५, सोमबार
नेचुरल सहकारी र पिपल्स लाईफ केयर अस्पतालबीच सम्झौता, उपचारमा २० प्रतिशत छुट

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पिपुल्स लाईफ केयर अस्पताल, शंखरापुर साँखुबीच सम्झौता भएको छ ।

नेचुरल सहकारीमा आवद्ध सदस्यहरुलाई अस्पतालले प्रदान गर्ने सेवा तथा सुविधाहरुमा छुट दिने उद्देश्यले सम्झौता गरिएको हो । आईतबार एक कार्यक्रमको बीच नेचुरल सहकारीको तर्फबाट प्रमुख कार्यकारी विकल्प पाठक र अस्पतालको तर्फबाट प्रमुख डा. राजन लुईटेलबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सहकारी संस्थाले जारी गरेको सदस्यता परिचयपत्र, सदस्यता प्रमाणपत्र वा सिफारीसमाको आधारमा अस्पताले प्रदान गर्ने सेवामा विशेष छुट प्रदान गर्नेछ ।

इमरजेन्सी सेवा, बिशेष सेवा, भिडियो एक्सरे–रे, एक्सरे–रे, ल्याब, इ.सी.जी., बिरामी भर्ना, प्रसुति सेवा, परिवार नियोजना कपर्टी र जेनरल ओ.पी.डी.मा २० प्रतिशत छुर र फार्मेसीमा ७ प्रतिशत छुट दिने सम्झौता भएको छ । संस्थाले यस अघि पनि काठमाडौंका विभिन्न अस्पतालसँग सहकार्य गरी सदस्यहरुलाई छुट प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय