ज्योतिपुञ्ज साकोसको लुभू सेवा केन्द्रको साधारण सभा सम्पन्न
काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको लुभू सेवा केन्द्रको साधारण सभा आज सम्पन्न भएको छ । एकाइगत साधारण सभा आयोजना गरेको संस्थाले आज तेस्रो एकाइको सभा सम्पन्न गरेको हो। १३औं वार्षिक साधारण सभा संस्थाका उपाध्यक्ष रामेश्वर थापाको अध्यक्षतामा सम्पन्न गरेको हो ।
साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा शुभकामना मन्तव्य राख्दै घिमिरेले ज्योतिपुञ्ज साकोसले सदस्यहरूका लागि सञ्चालन गरेका सबै कार्यक्रमहरू, संस्थाको संस्थागत पूँजी लगायतको प्रसंशा गरेका थिए । घिमिरेले नियमित बचत तथा विविध प्रकारका स–साना बचत योजनाको महत्वलाई प्रकाश पार्दै संस्थाले यस प्रकारका बचतलाई अझ जोड दिन सुझाव दिएका थिए ।
त्यस्तै विशिष्ठ अतिथि राम बहादुर श्रेष्ठले अहिलेको अवस्थामा पनि संस्थाले समय मै साधारण सभा सम्पन्न गरेको, सदस्यहरूका लागि प्रोत्साहन तथा सम्मानका विभिन्न कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै विशिष्ट अतिथि तथा संस्थाका प्रमुख सल्लाहकार डा। नीरज नारायण जोशीले सदस्यहरूका सल्लाह, सुझावहरूलाई प्राथमिकतामा राखी अघि बढेका कारण नै संस्थाले निरन्तरको सफलता हासिल गर्न सकेको धारणा राखेका थिए ।
साधारणसभामा संस्थाका गतिविधि बारेमा प्रमुख कार्यकारी अधिकृतले प्रस्तुति राखेका थिए । संस्थालाई विशेष योगदान पुर्याउने सदस्यहरूलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो ।

आ.व. ०७९/८० को अन्त्य सम्ममा संस्थामा ३ हजार ८ सय १२ जना शेयर सदस्य र ५ सय १४ जना बाल बचतकर्ता छन् । आ.व. ०७९/८० को अन्त्य सम्ममा ८ कराेड ८ ५ लाख २० हजार ६ सय सेयर पुँजी रहेकाे छ । त्यस्तै ८६ कराेड ८ लनख ७८ हजनर १ सय ९० रुपैयाँ बचत, १ अर्ब २ कराेड २९ लाख ८५ हजनर २ सय १२ रुपैयाँ लगानी रहेकाे छ।सहकारी संस्थाको जगेडा कोष, घाटापूर्ति कोष र ऋण जोखिम व्यवस्थापन कोषमा ११ कराेड ७० लाख ७५ हजार ३ सय ३५ रुपैयाँ रहेकाे छ। १ अर्ब ३४ कराेड ५५ लाख ९७ हजार ६२ रुपैयाँ कुल सम्पत्ति रहेकाे सँँग २४.५० प्रतिशत तरलता रहेकाे छ।संस्थाले २३ कराेड ११ लाख २१ हजार ६ सय २९ रुपैयाँ कुल आम्दानी गरेकाे छ भने २१ कराेड ३० लाख ५३ हजनर ७ सय ५० रुपैयाँ खर्च गरी १ कराेड ८० लाख ६७ हजार ८ सय ७८ रुपैयाँ नाफा गरेकाे छ।संस्थाकाे लूभू सेवा केन्द्र अन्तर्गत असाेज ३ (एकाइ-३) र मुख्य कार्यालय अन्तर्गत असाेज ६ गते ( एकाइ-४) साधारणसभा हुने संस्थाले जनाएकाे छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
