पोखरा रोयलको भदौ मसान्तको वित्तीय विवरण प्रकाशित, कस्तो छ वित्तीय सूचक?
कास्की (पोखरा) : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० भदौ मसान्तको वित्तीय विवरण प्रकाशित गरेको छ। संघीय सहकारी विभागको २०७९ असार ३१ गतेको निर्देशन बमोजिम संस्थाले अपरिष्कृत वित्तीय विवरण हरेक महिना प्रकाशित गर्दै आएको छ ।
भदौ मसान्तको वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी २१ करोड ८ लाख ५० हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १८ करोड ५२ लाख ३४ हजार ३ सय ३२ रुपैयाँ, अन्य कोषमा १५ करोड ८७ लाख ६४ हजार ६६३ रुपैयाँ र संस्थागत पुँजी १८ करोड ७० लाख ४६ हजार ८१४ रुपैयाँ रहेको छ ।
त्यस्तै कुल बचत १ अर्ब ६४ करोड १ लाख ६९ हजार ५६३ रुपैयाँ, लगानीमा रहेको ऋण १ अर्ब ७७ करोड ४१ लाख ५५ हजार ५११ रुपैयाँ, तरलता रकम ४२ करोड ९६ लाख ६७ हजार ६०५ रुपैयाँ (२६.२९ प्रतिशत) रहेको छ ।
संस्थाको कुल सदस्यसंख्या ९ हजार ४१ रहेको छ भने ऋणी सदस्य संख्या १ हजार ४ सय ३९ जना रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब २९ करोड ५२ लाख ३३ हजार ३० रुपैयाँ रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
