२३ कात्तिक २०८३, सोमबार

विकू बचतको भदौ मसान्तको वित्तीय विवरण प्रकाशित, तरलता रकम २ अर्ब ३६ करोड

२०८० असोज ३, बुधबार
विकू बचतको भदौ मसान्तको वित्तीय विवरण प्रकाशित, तरलता रकम २ अर्ब ३६ करोड

गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० भदौ मसान्तको वित्तीय विवरण प्रकाशित गरेको छ। संस्थाले प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार तरलता रकम २ अर्ब ३६ करोड २९ लाख ३० हजार ३ सय ६ रुपैयाँ अर्थात् ३१.८३ प्रतिशत रहेको छ ।

संस्थामा १ लाख १४ हजार २ सय ७० जनाको ८९ करोड ७९ लाख ९० हजार एक सय रुपैयाँ सेयर रहेको छ । त्यस्तै संस्थाको जगेडा कोषमा ६० करोड २६ लाख ५६ हजार ७ सय ५ रुपैयाँ र विभिन्न कोषमा २३ करोड १८ लाख ४८ हजार ५१४ रुपैयाँ रहेको छ ।

संस्थाको संस्थागत पुँजी ७० करोड २६ लाख ७४ हजार ७ सय ७४ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । कुल बचत ७ अर्ब ४२ करोड ३६ लाख ६७ हजार ८६९ र ९ अर्ब ५२ करोड ८१ लाख १५ हजार १५१ रुपैयाँ कुल सम्पत्ति रहेको छ ।

संस्थाबाट ८ हजार ६ सय ३० जनाले ६ अर्ब ८२ करोड १२ लाख ५५ हजार २१६ रुपैयाँ कर्जा लिएका छन् ।

अभिलेख

लोकप्रिय