रामकोट सहकारीको १४औं साधारण सभा सम्पन्न, कुल सम्पत्ति १२ करोड नाघ्यो
धादिङ : निलकण्ठ नगरपालिका-८, स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा ज्युको प्रमुख आतिथ्य तथा निलकण्ठ नगरपालिका-८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कुनका फिल्ड इन्चार्ज शम्भु घिमिरे, निलकण्ठ नगरपालिका विद्यालय श्रोतब्यक्ती मेघनाथ कोइराला लगायत विभिन्न सहकारीका प्रतिनिधिहरुको आतिथ्यता थियो । सहकारीले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणी ५.५ जना, असल बचत समूह, असल ऋणी समुह १/१ वटा, उत्कृष्ट कर्मचारी १ जनालाई सम्मान गरेकाे थियाे । कार्यक्रममा सदस्यबाट लक्की ड्र मार्फत पहिलो चरणमा ३ जनालाइ कलश, दोस्रो चरणमा २ जनालाई प्रेसर कुकुर र तेस्रो चरणमा १ जनालाई फिल्टर समेत प्रदान गरिएको संस्थाका संचार उपसमितिका सदस्य कल्पना श्रेष्ठले जानकारी दिइन ।
सभामा प्रमुख अतिथि शर्माले रामकोट बचत तथा ऋण सहकारी संस्था सुशासनको हिसाबले निकै राम्रो रहेकाे बताए । संस्थाले प्रयाप्त रुपमा ऋण सुरक्षण कोषको व्यवस्था गरेको, बार्षिक बजेट तथा कार्यक्रम सदस्यमुखी भएको, सदस्यहरुको सम्मान तथा पुरस्कार प्रदान गर्न कार्यविधि निर्माण गरिएको, कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन गरी उत्कृष्ट कर्मचारी छनोट तथा पुरस्कार प्रदान गर्ने गरेको राम्रो पक्ष रहेको उनको भनाई थियाे ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष राजकुमार श्रेष्ठले सहभागिहरुलाई स्वागत गरेका थिए भने संस्थाका सचिब र कोषाध्यक्षले बार्षिक प्रतिबेदन पेश गरेका थिए ।
२०६६ सालमा स्थानीय स्तरमा केही युवाहरु मिलेर सुरु गरेको सहकारीमा हाल २ हजार ७ सय ६ जना सेयर सदस्यहरु रहेका छन् । सहकारीको शेयर पुँजी १ करोड ३९ लाख ६१ हजार चार सय, कुल बचत ९ करोड ६९ लाख १५ हजार १११ र कुल सम्पत्ति १२ करोड ३१ लाख ११ हजार ८५० रहेको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
