२३ कात्तिक २०८३, सोमबार

ज्योतिपुञ्ज बचतको एकाइ–२ (गोठाटार सेवा केन्द्र) साधारण सभा सम्पन्न

२०८० भदौ ३१, आईतवार
ज्योतिपुञ्ज बचतको एकाइ–२ (गोठाटार सेवा केन्द्र) साधारण सभा सम्पन्न

काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा (चार वटा एकाइ अन्तर्गत एकाइ-२) सम्पन्न भएको छ । संस्थाले चार वटा एकाइमा १३औं वार्षिक साधारण सभा गर्दै आएको छ ।

शनिबार एकाइ-२ अन्तर्गत गोठाटार सेवा केन्द्र अन्तर्गतका सदस्यहरूका लागि १३औं वार्षिक साधारण सभा आयोजना गरेको थियो । संस्थाले भदौ २३ गते कुमारीपाटी सेवा केन्द्र अन्तर्गतको एकाइ-१ सम्पन्न गरेको थियो ।

एकाइ-२ अन्तर्गतको साधारण सभा संस्थाका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यस्तै काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष नवराज अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो ।

साधारण सभामा प्रमुख अथिथि ढकालले भने, ‘ज्योतिपुञ्ज साकोस नेफ्स्कूनको सदस्य संस्था, गुणस्तर सुनिश्चितताका लागि प्रोवेशन कार्यक्रममा सहभागी अघि बढिरहेको संस्था पनि हो। पछिल्लो समय संस्थाले सदस्य सन्तुष्टिका लागि निरन्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सुशासनमा सञ्चालन भएका संस्थाहरूमा समस्या नरहेको, यस संस्थाले पनि पर्ल्सले तोकिदिएका सूचकहरू पालना गर्दै अघि बढेको देखिएकोले सुरक्षित र दिगो संस्थाको रूपमा लिन सकिने आधार प्रशस्त रहेको छ ।’

त्यस्तै विशिष्ठ अतिथि नवराज अर्यालले विषम् परिस्थितिमा यो संस्थाको सफलता उल्लेख रहेको बताए । अर्यालले सदस्यहरूको हितका लागि संस्थाले गरेका कार्यक्रमहरूको लागि प्रशंसा समेत गरेका थिए ।

साधारणसभामा संस्थाका गतिविधि बारेमा प्रमुख कार्यकारी अधिकृतले प्रस्तुति राखेका थिए । संस्थालाई विशेष योगदान पुर्याउने सदस्यहरूलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो ।

आ.व. ०७९/८० को अन्त्य सम्ममा संस्थामा ३ हजार ८ सय १२ जना शेयर सदस्य र ५ सय १४ जना बाल बचतकर्ता छन् । आ.व. ०७९/८० को अन्त्य सम्ममा ८ कराेड ८ ५ लाख २० हजार ६ सय सेयर पुँजी रहेकाे छ । त्यस्तै ८६ कराेड ८ लनख ७८ हजनर १ सय ९० रुपैयाँ बचत, १ अर्ब २ कराेड २९ लाख ८५ हजनर २ सय १२ रुपैयाँ लगानी रहेकाे छ।

सहकारी संस्थाको जगेडा कोष, घाटापूर्ति कोष र ऋण जोखिम व्यवस्थापन कोषमा ११ कराेड ७० लाख ७५ हजार ३ सय ३५ रुपैयाँ रहेकाे छ। १ अर्ब ३४ कराेड ५५ लाख ९७ हजार ६२ रुपैयाँ कुल सम्पत्ति रहेकाे सँँग २४.५० प्रतिशत तरलता रहेकाे छ।

संस्थाले २३ कराेड ११ लाख २१ हजार ६ सय २९ रुपैयाँ कुल आम्दानी गरेकाे छ भने २१ कराेड ३० लाख ५३ हजनर ७ सय ५० रुपैयाँ खर्च गरी १ कराेड ८० लाख ६७ हजार ८ सय ७८ रुपैयाँ नाफा गरेकाे छ।

संस्थाकाे लूभू सेवा केन्द्र अन्तर्गत असाेज ३  (एकाइ-३) र मुख्य कार्यालय अन्तर्गत असाेज ६ गते ( एकाइ-४) साधारणसभा हुने संस्थाले जनाएकाे छ।

May be an image of 7 people, dais and text

अभिलेख

लोकप्रिय