नेपालकै ठूलो सहकारी सहारा नेपालको कस्तो छ वित्तीय अवस्था?
झापा : चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थासँग लगानी योग्य रकम (तरलता) २८.४४ प्रतिशत अर्थात ३ अर्ब १६ करोड ५० लाख ८९ हजार ५६७ रुपैया तरलता रहेको छ।
संस्थाको सेयर पुँजी १ अर्ब ६४ करोड ९४ लाख १५ हजार ३ सय रुपैयाँ रहेको छ । १ अर्ब २३ करोड ५७ लाख ५३ हजार ६५७ रुपैयाँ संस्थाको जगेडा कोषमा रहेको छ भने ४४ करोड ३१ लाख ८७ हजार ९९१ रुपैयाँ विभिन्न कोषमा रहेको छ।
संस्थाले ११ अर्ब १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैयाँ बचत संकलन गरेको छ भने लगानी १० अर्ब ९८ करोड ११ लाख ६५ हजार ६८४ रुपैयाँ गरेको विवरणमा उल्लेख छ ।
संस्थाको संस्थागत पुँजी १ अर्ब २७ करोड २६ लाख ३८ हजार ९७६ रुपैयाँ र बाह्य ऋण २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ रहेको छ । संस्थाकाृ सदस्य १ लाख ५७ हजार ८ सय ६१ जना छन् भने ७५ हजार ५४० जना ऋणी सदस्य रहेका छन्।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
