२३ कात्तिक २०८३, सोमबार

स्थापनाको ३६औं वर्षमा नेफ्स्कून

२०८० साउन ३२, बिहिबार
स्थापनाको ३६औं वर्षमा नेफ्स्कून

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) आजबाट ३६औं वर्ष प्रवेश गरेको छ । सहकारी अभियानका २१ अग्रजहरुको सामूहिक प्रयासबाट २०५० साल भदौं २९ गते सहकारी विभागमा नेफ्स्कूनको दर्ता भएको थियो ।

विश्व सहकारी इतिहास भन्दा १ सय १७९ वर्ष तथा नेपालको सहकारी इतिहासभन्दा ३२ वर्षपछि नेफ्स्कूनको स्थापना भएको थियो । २९ सय ५० रुपैयाँबाट सुरु भएको नेफ्स्कून नेतृत्वको बचत अभियान हाल ७६ जिल्लासम्म फैलिएको छ ।

नेफ्स्कूनमा ४५७२ प्रारम्भिक सहकारी आवद्ध छन् । त्यस्तै ३ प्रदेश बचत तथा ऋण सहकारी संघ, ६५ जिल्ला बचत संघ आवद्ध छन् । नेफ्स्कूनको कुल वासलात २६ अर्ब रुपैयाँ रहेको छ ।

नेफस्कुनकै कारण नेपालको बचत तथा ऋण सहकारी अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालको बचत तथा ऋण सहकारी अभियानलाइ सबल बनाउन नेफ्स्कून निरन्तर लागि परेको छ ।

स्तरीकरण कार्यक्रमको माध्यमबाट संस्थाहरुलाई सबल र सुरक्षित बनाउन नेफ्स्कूनले एकसेस, प्रोबेशन र कब्र्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रममा आवद्ध भएर सयौं संस्थाले वित्तीय बजारमा आफनो छविलाइ बलियो बनाउन सकेका छन् । त्यसका साथै बचत तथा सहकारीको जोखिम व्यवस्थापनका लागि सुरक्षा कवजको रुपमा नेफ्स्कूनले स्थिरीकरण कोष सञ्चालनमा ल्याएको छ । उक्त कोषको माध्यमबाट कुनै पनि बचत ऋण सहकारीमा वित्तीय समस्या आयो भने सुरक्षा कवजको रुपमा त्यसले काम गर्ने छ र संस्थाहरुलाइ दुर्घटनामा पर्नबाट जोगाउने छ ।

संघले नेपालको वित्तीय सहकारी अभियानको प्रवद्र्धन,विकास,व्यवसायीकरण,गुणस्तर सुनिश्चितताका साथै सञ्जाल व्यवस्थापनमा उल्लेख भूमिका खेल्दै आएको छ । संघले यस पटक‘एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि’ भन्ने मुल नारा अघि सारेको छ ।

अभिलेख

लोकप्रिय