२३ कात्तिक २०८३, सोमबार

रामेछापको भूतपूर्व सैनिक साकोस कर्वस कार्यक्रममा आवद्ध

२०८० साउन ३०, मङ्गलबार
रामेछापको भूतपूर्व सैनिक साकोस कर्वस कार्यक्रममा आवद्ध

रामेछाप : मन्थली नगरपालिका स्थित श्री भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्वस) मा आवद्ध भएको छ । कर्वस कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले प्रवद्र्धन गरेको गुणस्तर सुनिश्चित सम्बन्धि कार्यक्रम हो ।

संस्थाले मंगलबार कर्वस अभिमुखिकरण कार्यक्रम गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । कार्यक्रममा नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयका ईन्चार्ज सूर्य बहादुर थापा र व्यवसाय सहायक सुनिता दाहालको उपस्थितिमा नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र संस्थाको तर्फबाट अध्यक्ष केशव प्रसाद घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी सहितको उपस्थिति थियो ।

वित्तीय सहकारीले पैसाकै मात्र कारोबार गर्ने हुनाले जोखिम अत्यधिक हुने र संस्था सञ्चालनमा आईपर्ने जोखिमलाई न्युनिकरण गर्न कर्वस कार्यक्रमले महत्पुर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको संस्थाका अध्यक्ष केशव प्रसाद घिमिरेले बताए ।

सहकारी स्वनियमनमा चल्ने सदस्यहरुको सम्पत्ती र सदस्यहरुबाटै नियन्त्रण हुने भएकोले सुशासित, भरपर्दो, विश्वसनिय साकोस निर्माण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने घिमिरेले बताए ।

अभिलेख

लोकप्रिय