सहारा नेपाल सहकारीलाई एक लाख रुपैयाँ राशीको लघु उद्यमशीलता पुरस्कार
काठमाडौं : झापा जिल्लाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था १ लाख राशिको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ।
लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेवापत संस्थालाई स्वावलम्बन विकास केन्द्रले पुरस्कानर प्रदा गरेको हो । स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिक उत्सवको असरमा आईतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका थिए।
एक लाख ६३ हजार भन्दा बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २०८० असारमसान्तसम्म १ अर्ब ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैया शेयर पुँजी र १ अर्ब ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ जगेडा कोष छ ।
१० अर्ब ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैया बचत संकलन तथा ११ अर्ब २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैया लगानी गरेको संस्थाले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य, विपन्न परिवारको आवास निर्माण, उद्यमशिलता विकासलगायतका क्षेत्रहरुमा पनि काम गरिरहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
