हंसको सहकारी शिक्षा तथा मोवाइल बैंकिङ सेवा अभिमुखिकरण
भरतपुर (चितवन) : भरतपुर-१, शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा मोवाइल बैंकिङ सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि, सामुदायिक विकासलाई बढावा दिन र आधुनिक प्रविधिलाई आत्मसात् गराउनको लागि संस्थाका जीतपुर सेवाकेन्द्रका सदस्यहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाका शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डन्डपाणि रिजाल रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले सहकारी र सामुदायिक विकास बीचको सहजीवी सम्बन्धलाई प्रकाश पार्दै उनले भने “सहकारीहरू हाम्रो समुदायको आर्थिक परिवर्तनको आधार हो र यस्ता कार्यक्रमले प्रत्येक सदस्यलाई महत्त्वपूर्ण वित्तीय साक्षरताको साथ सशक्त बनाउन सहयोग पु¥याउदछ ।”
कार्यक्रमको विशिष्ट अतिथिको रुपमा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री दिनेशकुमार चुकले डिजिटल उन्नतिले सञ्चालित यस युगमा, हाम्रो मोबाइल बैंकिङ सेवाहरूले तपाइँको औंलाको छेउमा सुविधाहरु प्रदान गर्ने र वित्तीय समावेशीताको संस्कृतिलाई बढावा दिँदै निर्बाध रूपमा खाता र कारोबारहरु सञ्चालन गर्न सकिने बताए । साथै उनले आउदै गरेको भरतपुर भ्रमण वर्ष २०२४ मा पर्यटन विकासको लागि सहकारीहरुलाई पनि समेट्न सम्बन्धित निकायलाई अनुरोध समेत गरे ।
कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री गोविन्द प्रसाद पौड्याल तथा प्रबन्धक नारायण प्रसाद सापकोटाले सेयर सदस्यहरुलाई सहकारी शिक्षा, प्रविधि तथा मोवाइल बैंकिङ्क सेवा सञ्चालन तथा प्रयोगका विषयमा प्रशिक्षण प्रदान गरेका थिए । सो अवसरमा संस्थाका जितपुर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक देवि प्रसाद पौडेल तथा सदस्य हरिचन्द्र महतोको उपसिस्थति रहेको थियो । जितपुर सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य नेत्र प्रसाद आचार्यले स्वगत मन्तव्य राखेका थिए भने उक्त कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य बिदुर के.सी.ले गरेका थिए । कार्यक्रममा जीतपुर सेवाकेन्द्रका ६२ जना सदस्यको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
