१० करोड बढी कारोबार गर्ने सहकारी ‘गोएमएल प्रणाली’मा अनिवार्य आवद्ध हुनुपर्ने
काठमाडौं : संघीय सहकारी विभागले गोएमएल सिस्टम आवद्ध भई रिपोर्टिङ गर्न सहकारी संघ तथा संस्थाहरुलाई निर्देशन जारी गरेको छ । १० करोड भन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुले गोएमएल सिस्टममा आवद्ध हुनुपर्ने प्रावधान रहेको छ । सोही अनुरुप नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाईबाट सहकारी संस्थाहरुलाई आवद्ध गराउन पटकपटक विभागमा अनुरोध भई आएकाले सोही बमोजिम सबै संस्थाहरुलाई उक्त सिस्टममा आवद्ध हुन विभागले आव्हान गरेको छ ।
विभागले १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीहरुलाई केन्द्रिय बैंकको वित्तीय जानकारी ईकाईमा रहेको गोएमएलको टेस्ट इन्भाइरोमेन्ट तथा प्रोडक्सन इन्भाइरोन्मेन्टमा यथाशीघ्र रजिष्टर्ड भई वेब वा एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन र शंकास्पद गतिविधि प्रतिवेदन जस्ता विवरणहरु प्रणालीमा प्रेषित गर्न आव्हान गरेको छ ।
सम्पत्ति शुद्दीकरण निवारण ऐन २०६४ र सो अन्तर्गत बनेको नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सम्पत्ति शुद्दीकरण निवारण सम्बन्धमा यस अघि नै तेश्रो संशोधन २०७४ समेत जारी गरिसकेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
