सहकारीलाई डिजिटलाइजेशनमा लैजाने अग्रणी कम्पनी ‘एम बैंक’ ८ वर्ष प्रवेश
काठमाडौं : सहकारी संस्थाको कारोबारलाई डिजिटलाइजेशन गराउन अग्रणी भूमिका खेल्दै आएको मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ ८ वर्षमा प्रवेश गरेको छ । ‘एम बैंक’ नेपालमा सबैभन्दा धेरै सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म ७ सयभन्दा बढी सहकारी संस्थालाई डिजिटलाइजेशनमा जोडेको छ ।
सात वर्ष अघि २ जनाबाट सुरु भएको एम बैंकमा हाल झन्डै तीन दर्जन व्यक्तिले प्रत्यक्ष जोडिएका छन् । १२ हजार लगानीमा सुरु भएको कम्पनी अहिले झन्डै ५० करोडको पुगेको छ।
एम बैंकले सहकारी मात्र नभई बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सेवा प्रवाह गरिरहेको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जन बताउँछन् । सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडी छ । सहकारीलाई मोबाइल मोबाइल बैंकिङमा जोडेर अनलाइन प्रविधिमा जोड्न पाउँदा खुसि लागेको महर्जन बताउँछन्।
त्यस्तै कम्पनीका सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठका अनुसार जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि ‘एम बैंक’ को सेवा लिन सक्ने भएका कारण कम्पनीप्रति थप आकर्षण बढेकाे बताउँछन् । मोबाईल बैंकिङ सेवा सुरु गर्न चाहने सहकारीले एम बैंककाे सेवा सहजै लिन सक्ने उनको भनाई छ।
एम बैंक एपमा आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्न सकिन्छ। त्यस्तै ईसेवा, खल्ती, सजिलो पे, प्रभु पे, आइएमई पे, पे वेल, माई पे, नमस्ते पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी लगायतका सेवाहरु उपलब्त्र छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
