कस्ताे छ राेयल बहुउद्देश्यीय सहकारीको वित्तीय अवस्था?
काठमाडौं : बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले २०८० असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले सदस्यहरुलाई १ अर्ब १७ करोड १० लाख ८० हजार ६१४ रुपैयाँ लगानी गरेकाे छ।
संस्थाका ९ हजार ५ सय ६६ जना सदस्यकाे ६ करोड ९३ लाख ५४ हजार एक सय रुपैयाँ सेयर पुँजी रहेकाे छ । संस्थामा १ अर्ब ९ करोड ६५ लाख ५७ हजार ७ सय ४४ रुपैयाँ बचत छ ।
त्यसैगरी संस्थामा ३ करोड ९६ लाख ६१ हजार ४ सय ९४ रुपैयाँ जगेडा कोष रहेकाे छ । ४ करोड ५७ लाख ४५ हजार ६७१ रुपैयाँ कूल संस्थागत पूँजी रहेको राेयल बहुउद्देश्यीय सहकारीको कुल सम्पत्ति १ अर्ब ६९ करोड २८ लाख ६१ हजार ३ सय ८७ रुपैयाँ रहेकाे छ।
असार मसान्तसम्म संस्थामा १७.९४ प्रतिशत अर्थात् १९ करोड ६७ लाख ४४ हजार ६ सय ३७ रुपैयाँ तरलता छ । संस्थाको अन्य कोषमा १ करोड ८८ लाख २३ हजार ५५५ रुपैयाँ रहेको छ ।
संस्थाको १ हजार ४ सय १९ जना ऋणी सदस्य छन् ।
मुख्य कार्यालय काठमाडौंकाे बसुन्धरा र सेवा केन्द्र बुढानिलकण्ठ, शंखरापुर, दक्षिणकालि, तारकेश्वर र टोखामा रहेकाे छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार