२३ कात्तिक २०८३, सोमबार

अष्ट साकाेसका अध्यक्ष अनिल खड्कासहित १० जनाविरुद्ध ठगीकाे आरोपसहित मुद्दा दायर

२०८० साउन ९, मङ्गलबार
अष्ट साकाेसका अध्यक्ष अनिल खड्कासहित १० जनाविरुद्ध ठगीकाे आरोपसहित मुद्दा दायर

काठमाडौं : न्युरोड स्थित अष्ट बचत तथा ऋण सहकारीका अध्यक्ष अनिल खड्कासहित १० जनाविरुद्ध तीन करोड ३२ लाख ९५ हजार ५ सय ३९ ठगी गरेको आरोपसहित मुद्दा दायर भएको छ । काठमाडौं प्रहरीले सरकारी वकिलमार्फत ६४ जनाको जाहेरीमा जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गरेको छ।

सहकारी संस्थाका सञ्चालक समितिका उपाध्यक्ष बिजय खड्का, सचिव जिवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, सदस्य प्रकाश खड्का, शुसिल बिक्रम राणा, शुसिल बोहरा, लेखा समिति सदस्य सुवास बुढाथोकी, बबिता खड्का र संयोजक गोबिन्द बुढाथोकीलाई प्रतिवादी बनाइएको छ ।

बचतकर्ताले आफुले जम्मा गरेको रकम फिर्ता नपाएपछि प्रहरीकहाँ पुगेका थिए।।

अभिलेख

लोकप्रिय