मिसन १०० लक्ष्यसहित सदस्यसँग रोयल अभियान प्रारम्भ
कास्की : `सुखी सदस्य, दिगो सहकारी´को परिकल्पनामा अगाडि बढिरहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मिसन १०० लक्ष्यसहित सदस्यसँग रोयल अभियान प्रारम्भ गरेकाे छ ।
चालु आर्थिक वर्ष २०८०/०८१ भर सदस्यसँग सम्वन्धित १०० वटा अन्तरकृया र सदस्य केन्द्रित गतिविधी गर्ने उद्देश्य बमोजिम प्रथम श्रृंखलाको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्ट्रार रोशन अर्यालको उपस्थितिमा शुभारम्भ भएको हो ।
संस्थाले गत आर्थिक वर्षमा प्रत्येक महिना संस्थाको प्रधान कार्यालय, तीनवटै सेवा केन्द्र र लघु विभाग अन्तर्गतबाट उत्कृष्ठ भएका सदस्यहरुको उपस्थितिमा उक्त कार्यक्रमको शुरुवात गरिएको हो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रजिष्ट्रार अर्यालले सदस्य केन्द्रित र नीतिगत रुपमा सञ्चालन भएका सहकारी कहिल्यै पनि अप्ठयारोमा नपर्ने बताए । अहिले केही सहकारीमा देखा परेको समस्यालाई लिएर सबै सहकारी उस्तै हुन् की भन्ने भ्रम देखिरहेको सन्दर्भमा पोखरा रोयल जस्तो सहकारीको गतिविधी अन्य सहकारीको लागि अनुशरण गर्न योग्य उदाहरण भएको बताउँदै संस्थाको सफलताको उचाईलाई टिकाईराख्न सुझाव दिए ।
संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले सहकारीको समसामयिक गतिविधी र संस्थाको हालको अवस्था र भावी रणनीति बारे प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत ईश्वरी ढकाल, चार्टड एकाउन्टेन्ट राजकुमार फुँयाल, संस्थाका सचिव केशवप्रसाद ढकाल लगायतले संस्थाको गतिविधी र समग्र सहकारी सञ्चालनमा सदस्यहरुको भूमिका र दायित्वको बारेमा सुझाव प्रदान गरेेका थिए ।
यसै बीच आर्थिक वर्षको पहिलो दिन नै १४० जनाले नयाँ सदस्यता लिएका छन् । संस्थाले अभियानलाई सफल बनाउन यस अघि नै १०० युथ सहकारी दुतमार्फत संस्थाको गतिविधीलाई तीव्र पारेको र यो अभियान निरन्तर चलिरहने सूचना अधिकारी मीलन ढकालले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
