२३ कात्तिक २०८३, सोमबार

केही सहकारीको कमजोरीका कारण सयौं सहकारी आलोचित भए: विश्वप्रकाश शर्मा

२०८० असार ३१, आईतवार
केही सहकारीको कमजोरीका कारण सयौं सहकारी आलोचित भए: विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले केही सहकारीका कमजोरीका कारण सयौं सहकारी आलोचित बनेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले सहकारी पीडितका माग पूरा गर्न आग्रह गरेका छन् ।

शर्माले सहकारी पीडितहरु आन्दोलन गरिरहेका भन्दै उनीहरुको माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरे ।

अभिलेख

लोकप्रिय