२३ कात्तिक २०८३, सोमबार

सहकारी कार्यदलको म्याद १ महिना थप

२०८० असार २८, बिहिबार
सहकारी कार्यदलको म्याद १ महिना थप

काठमाडौं : सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद सरकारले एक महिना थप गरेको छ । २६ असारदेखि लागु हुनेगरी १ महिनाका लागि कार्यदलको म्याद थप भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

२६ असारमा कार्यदलका संयोजक डा. जयकान्त राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै एक महिना म्याद थप गर्न माग गरेको थियो ।

कार्यदलले प्रारमिभक प्रतिवेदन बुझाउँदै सहकारी क्षेत्र सुधारका लागि तत्काल गर्नुपर्ने २७ बुँदे सुझाव पेश गरेको छ । सरकारले २६ बैशाख कार्यदल गठन गरेको थियो ।

अभिलेख

लोकप्रिय