को बन्ला नेफ्स्कूनको सिइओ, पोखरेलको दोहोरिने सम्भावना कति?
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाशप्रसाद पोखरेलको कार्यकाल यही महिना सकिदै छ । २०७६ असार १ गते नायव प्रमुख कार्यकारी अधिकृत पदमा नेफ्स्कून प्रवेश गरेका पोखरेल २०७७ साउन १ गते का.मु. सिइओमा नियुक्त भएका थिए । २०७८ मंसिरमा सिइओ बनेका पोखरेलको कार्यकाल यही महिना सकिदै छ ।
कार्यकाल सकिनै लाग्दा अब सिइओ को बन्ला भन्ने आम चासोको विषय बन्न पुगेको छ । पुनः पोखरेल दोहोरिने वा नयाँ प्रक्रियाबाट सिइओ नियुक्ती गर्ने भन्ने विषय नेफ्स्कून सञ्चालक समितिको बैठकमा भर पर्दछ । पोखरेलकै नियुक्तीमा सञ्चालक समिति भित्र तिब्र असन्तुष्टि थियो ।
नेफ्स्कूनले २०७८ असार ३० गते प्रमुख कार्यकारी अधिकृत पद (तह १०) मा खुला आवेदन माग गरेको थियो । साउन २२ गते छोटो सुचि नामवाली प्रकाशन गरेको थियो । उक्त छोटो सुचिमा ८ जना सफल भएका थिए । तर, परिक्षा दिएका मध्ये कोही पनि सफल हुन नसकेपछि सम्पूर्ण प्रक्रिया रद्द गरी सञ्चालक समितिले नयाँ ढंगबाट सिईओ नियुक्ती प्रक्रिया अघि बढाएको हो । सोही प्रक्रियाबाट पोखरेल सिइओ बनेका थिए ।
नेफ्स्कूनको बोर्ड बैठक असार २६ र २७ गते भक्तपुरको होटल भादगाउँ हुँदैछ । उक्त बैठकमा सिइओ नियुक्तीको एण्जेडा समेत राखिएको छैन । अघिल्लो पटक सिइओ नियुक्ती गर्दा विविध एजेण्डा भित्र राखेर निर्णय गरिएको थियो ।
पोखरेल २०७८ मंसिरमा सिइओ बनेका भएपनि नियुक्ती भने २०८० असार मसान्तसम्मको मात्रै दिईएको थियो । यस अघिका सिइओ शिवजी सापकोटाको कार्यकाल ५ वर्षको थियो ।
कार्यकाल सकिने मिति नजिकिदै गर्दा सिइओ पोखरेल बिदामा बसेका छन् । असार २६ र २७ गते हुने बैठकमा पोखरेलको सहभागिता समेत नहुने बुझिएको छ । अघिल्लो पटक पोखरेललाई सिइओ बनाउन लागि परेका अध्यक्ष परितोष पौड्याल यस पटक मौन छन् । स्रोतका अनुसार यस पटक पहिले जस्तो विवाद नहुने गरी सिइओ छनोट प्रक्रिया टुंग्याउने पक्षमा अध्यक्ष पौड्याल छन् । अघिल्लो पटक पोखरेललाई सिइओ बनाउन हुन्न भन्नेहरु यसपटक पनि सोही अडानमा रहेको बुझिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
