क्यान्सर पिडितलाई पोखरा रोयलको सहयोग, हिमकुमारी भन्छिन्, ‘बाँच्ने रहर छ
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले संस्थाको लघु ऋण समूहमा आवद्ध सदस्य क्यान्सर पिडित हिमकुमारी आलेलाई ४५ हजार ५ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग, भण्डारढिक सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक जंगबहादुर गुरुङ्ग लगायत संस्थाका अधिकारीको उपस्थितिमा नगद रकम र निजका छोरालाई स्टेशनरी सामान हस्तान्तरण गरेको भण्डारढिक सेवाकेन्द्र प्रमुख उमनाथ आचार्यले जानकारी दिए ।
३३ वर्ष पुगेकी आले विगत ४ वर्षदेखि पाठेघरको क्यान्सरले थलिएर ओछ्यानमा जिवन र मृत्युसंग लडिरहेकी छन् । उनको श्रीमान् २ वर्ष अगाडि मात्रै श्रीमतीकै उपचारमा संघर्ष गरिरहेकै बेला हृदयघातका कारण मृत्यु भएको थियो । त्यस पश्चात् भने उनी माईतीघरमा ७५ वर्षे बुबा ओमबहादुर आलेको साहरामा बस्दै आएकी छिन् । ७५ वर्षे बुबा पनि क्यान्सरबाट पिडित छन् ।
स्याँङ्गजाको समरसमा जन्मेकी हिम कुमारी हाल पोखरा २९ भण्डारढिक नयाँवस्तीमा बसोबास गर्दै आईरहेकी छिन् । आले विभिन्न संघ संस्था र आफन्तजनको सहयोग लिएर बिहान र बेलुकीको छाक टार्ने काम गरिरहेकी छिन् ।
हिमकुमारी आले भन्छिन्, ‘भएको पैसा सबै सकियो । सम्पत्ति पनि छैन । छोराको मुख हेरेर बसेकी छु । सरकारबाट एकपल्ट १ लाखको सहयोग बाहेक अरु प्राप्त गरेको छैन । धेर थोर सहयोग पाए केही दिन भएपनि बाँच्ने रहर छ ।’
पोखरा रोयल सहकारीले सदस्यहरुको सुख दुःखमा धेरथोर सहयोग गर्दै आईरहेको छ । सामुदायिक सेवा अन्तर्गत संस्थाले जन्मैदेखि मृत्यूसम्मका विविध घटना र परिस्थितिमा असाहाय र बिरमी सदस्यहरुलाई साथ र सहयोग गरिरहेको प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
