२३ कात्तिक २०८३, सोमबार

सहकारीले बिचौलिया बेचेको मल प्रशासनद्वारा जफत, दुई लाख जरिवाना

२०८० असार १९, मङ्गलबार
सहकारीले बिचौलिया बेचेको मल प्रशासनद्वारा जफत, दुई लाख जरिवाना

इलाम : नेपाल सरकारले अनुदानमा दिएको मल इलामको सूर्यज्योति कृषि सहकारी संस्थाले बिचौलियालाई बेचेको पुष्टी भएको छ । सहकारीले किसानलाई वितरण गर्नुपर्ने मल बिचौलियालाई बेचेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय इलामले जफत गरेको छ ।
सहकारीले इलाम सदरमुकाममा रहेको कृषि बिज भण्डारलाई बेचेको हो । जफत गरिएको मल इलाम नगरपालिकालाई बुझाएको छ । अनुदानको मल इजाजत बिना नै कृषि बिज भण्डारले सहकारीबाट खरिद गरेर किसानलाई महंगो मुल्यमा विक्रि गरेको पाइएको छ । कृषि बिज भण्डार भेषराज पराजुलीको नाममा दर्ता रहेको छ । सो पसललाई दुई लाख जरिमाना समेत गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । उनले जफत गरिएको मल इलाम नगरपालिकालाई जिम्मा लगाइसकिएको छ । किसानलाई वितरण गर्ने गरि सो मल नगरपालिकालाई दिइएको उनको भनाई छ ।

अनुमगनका क्रममा जिल्ला प्रशासन कार्यालय इलामे नेतृत्वको टोलीले बुधबार सो पसलको गोदाममा सिल गरेको थियो । अनुदान प्राप्त ३४ बोरा युरिया, १८ बोरा डिएपी गरि जम्मा ५२ बोरा मल इलाम नगरपालिकाले जिम्मा लिएर इलामको गौतमबुद्ध सभागृह सिटीहलमा राखिएको इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले बताए ।

अभिलेख

लोकप्रिय