२३ कात्तिक २०८३, सोमबार

ज्याेति मिर्मिरे सामुहिक साकाेस काभ्रेलाई बागमती प्रदेश स्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार

२०८० असार १६, शनिवार
ज्याेति मिर्मिरे सामुहिक साकाेस काभ्रेलाई बागमती प्रदेश स्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार

काठमाडौं : पनाैती नगरपालिका-६, काभ्रे स्थिति ज्याेति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले बागमती प्रदेश स्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०७९ बाट पुरस्कृत भएकाे छ । राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार यस पटक ज्याेति मिर्मिरे सामुहिक साकाेसले पाएकाे हाे ।

१०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघद्वारा आयाेजित विशेष समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संस्थालाई नगदसहित पुरस्कृत गरेकाे हाे । पुरस्कार ग्रहणमा संस्थाका अध्यक्ष उद्धव सापकाेटासहित सञ्चालक र कर्मचारीहरूको उपस्थिति रहेकाे थियाे ।

ज्योति मिर्मिरे सामुहिक बचत समुदायमा आधारित नेपालकै उत्कृष्ट संस्था मध्ये एक हो । संस्था यसअघि नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)बाट तीन विधामा पुरस्कृत भैसकेको छ। पहिल्लो पटक २०७६ सालमा नेफ्स्कूनले प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको थियो । त्यस्तै संस्थाले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले पनि उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको थियो । त्यसैगरी पनौती नगरपालिकाबाट नगरस्तरीय उत्कृष्ट व्यवस्थापक पुरस्कार संस्थाले पाईसकेकाे छ।

२०८० जेठ मसान्तसम्मकाे अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थामा १५ हजार १ सय ८० जना आवद्ध छन् । संस्थाको सेयर पुँजी १० कराेड ८१ लाख, जगेडा काेष ५ कराेड ५६ लाख, विभिन्न काेष ३ कराेड २५ लाख, संस्थागत पुँजी ६ कराेड, बचत ७३ कराेड ५० लाख, ऋण लगानी ८४ कराेड ८१ लाख र कुल सम्पत्ति १ अर्ब ११ कराेड रहेकाे छ । संस्थासँग २०.१३ प्रतिशत तरलता रहेकाे छ ।

अभिलेख

लोकप्रिय