२९ वर्षमा किसान बचत, विविध कार्यक्रम गरी मनायो स्थापना दिवस
गैंडाकोट : विजयनगर, नवलपरासीमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ । २०५२ साल असार १५ गते स्थापना भएको किसान बचत तथा ऋण सहकारी आजबाट २९ वर्षमा प्रवेश गरेको हो ।
२८ वर्षको दौरानमा सदस्य सञ्जाल, पुँजी संरचना, निक्षेप संकलन, वित्तीय सुचाङ्क, सुशासन, सदस्य सेवाको हिसाबले नेपालकै उत्कृष्ट सहकारी संस्थाको रुपमा उभिएको छ । जेठ मसान्तको तथ्यांक अनुसार संस्थामा ८५ हजार ६ सय ९४ जना आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी ३३ करोड ६७ लाख ४४ हजार २ सय रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ३९ लाख १५ हजार ७ सय ८७ रुपैयाँ र अन्य कोषमा ३ करोड ३० लाख ४७ हजार ४ सय ८२ रुपैयाँ रहेको छ ।
त्यस्तै संस्थागत पुँजी १९ करोड १५ लाख ३४ हजार २ सय ५३ रुपैयाँ, कुल बचत २ अर्ब ७८ करोड ११ लाख २४ हजार ८ सय १५ रुपैयाँ रहेको छ । संस्थाले १३ हजार १ सय ८४ जनालाई २ अर्ब ४७ करोड ५९ लाख ३९ हजार ४ सय ५ रुपैयाँ लगानी गरेको छ ।
३ अर्ब ५१ करोड ३४ लाख ३२ हजार २ सय ३५ रुपैयाँ कुल सम्पत्ती रहेको संस्थासँग २३.९३ प्रतिशत अर्थात ६६ करोड ५४ लाख २२ हजार ४ सय ५२ रुपैयाँ तरलता रहेको छ । संस्थाले २८औं स्थापना दिवसको अवसरमा समुदाय सरसफाई, टूाफिक सचेतना, गरिब तथा विपन्न सदस्यका छोराछोरीलाई स्टेशनरी वितरण गरेको छ । संस्थाले ५२ जना विद्यार्थीलाई झोपा र स्टेशनरी सामग्री वितरण गरेको हो । त्यस्तै एटिएम बुथको समेत उद्घाटन गरिएको छ ।

संस्थाले आज (शुक्रबार) बृहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । केन्द्रिय कार्यालय र कावासोती सेवा केन्द्र परिसरमा आयोजना गरिएको रक्तदानमा २ सय ३८ जनाले रक्तदान गरेका थिए । स्थापना दिवसको अवसरमा आज साँझ सवै २६ वटा सेवा केन्द्रमा दिप प्रज्वलनसहित स्थापना दिवस कार्यक्रम समापन गरिने संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जनाकारी दिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
