मैनापोखरी बजारमा जनसचेतन बचतको वृक्षारोपण
दोलखा : जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. दोलखाले मैनापोखरी बजारमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वच्छ वायु, स्वस्थ जीवन पर्यावरणीय संरक्षणमा जनसचेतनको योगदान’ भन्ने नारासहित मैनापोखरी बजार क्षेत्रमा ५ सय विरुवा रोपिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले बताए ।
डिभिजन वन कार्यालय, चरिकोटको सहयोगमा उपलब्ध गराइएका विरुवा वैत्यश्वर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कुमार चौलागाई र संस्थाका अध्यक्ष हेमन्त चौलागाइँले संयुक्त रुपमा वृक्षारोपण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । बजारको दायाँ बाँया क्षेत्रमा १५० कल्की, १५० धुपी, १५० कपुर र ५० जराकाण्डको गरी ५ सय विरुवा रोपिएको प्रमुख दहालले बताए ।
वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय, उद्योग वाणिज्य संघ मैनापोखरीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रतिनिधि, जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक कर्मचारीहरु, सहकारीकर्मी, शिक्षक, व्यापारी लगायतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । सहकारीका सिद्धान्त अन्तरगत पर्यावरणीय जवाफदेहिता अन्तरगत वातावरण संरक्षणका कार्यक्रम गर्दै आएको संस्थाको भनाई छ ।
मैना पोखरी बजार क्षेत्रलाई स्वच्छ, सफा र हराभर बनाउने उद्देश्यले गत वर्ष पनि सहकारीले बजारमा वृक्षारोपण, फूलबारी निर्माणसँगै डस्टविन वितरणका कार्यक्रम सञ्चालन गरेको थियो।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
