देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाई लगायत सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई परिपत्र
काठमाडौं : ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई लगायत सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई बाटो खुलेको छ ।
सहकारी विभागले अध्यक्ष लगायत सञ्चालकलाई पक्राउ गरी छानविन गर्न सीआईबीलाई परिपत्र गरेको हाे । संस्थाका सदस्यहरुले संस्था विरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रमाणसहित मंगलबार नै उजुरी दर्ता गरेका छन् ।
संस्थाले ८० प्रतिशत बचत फिर्ता गरिसकेको र बचत फिर्ता लिन आउन सूचना जारी गरी झुटो प्रचार गर्दै आएको थियो । बचत फिर्ता गरेको दाबी संस्थाले गरे पनि बचतकर्ताले भने बचत फिर्ता पाउन सकेको थिएन । अन्ततः सदस्यहरुले नै सीआईबीमा प्रमाणसहित उजुरी दिएका छन् ।
बचतकर्तालाई बचत फिर्ताको झुटो आश्वासन र जग्गा दिने प्रलोभन देखाउने देउराली सहकारीबारे अब सीआईबीले अनुसन्धान गर्नेछ । संस्थाले २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर बचत संकलन गरेको थियो । संस्थाले गत असार १ गतेदेखि कार्यालय बन्द गरेको थियो । संस्थाको कारोबार बन्द भएपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा पनि उजुरी दिएका थिए ।
मंगलबार संस्थाको कार्यालयमा बचतकर्ता भेला भई संस्था विरुद्ध नाराबाजी गरेका थिए । संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईं ठग भएको भन्दै ‘मुर्दाबाद’को नारा समेत सदस्यहरुले लगाएका थिए । त्यस लगत्तै उजुरी दर्ता गर्न सदस्यहरु सीआईबी कार्यालय पुगेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
