२३ कात्तिक २०८३, सोमबार

सहकारीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं सदस्यकेन्द्रित हुन बालेनकाे आग्रह

२०८० असार १३, बुधबार
सहकारीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं सदस्यकेन्द्रित हुन बालेनकाे आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले सहकारी संस्थाहरुलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं सदस्यकेन्द्रित भएर संचालन गर्न अनुरोध गरेेका छन् ।
शाहले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सहकारी संस्था, संस्थाका शेयर धनी तथा बचतकर्ताहरुलाई वित्तीय जोखिमबाट बच्न र सहकारीलाई संकटग्रस्त हुनबाट बचाउन अनुरोध गरेेका हुन् ।

महानगरपालिकाको सहकारी विभागमा सहकारीका शेयर सदस्य र सञ्चालकहरुले लिखित र मौखिकरुपमा दिएको उजुरीको चाप रहेको उल्लेख गर्दै प्रमुख शाहले वस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताको समस्याबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको र तरलताको अभाव सृजना भएको उल्लेख गरेेका छन् ।

महानगरपालिकाले सहकारीलाई विवरण बुझाउन जारी गरेको सूचना शेयर गर्दै नगर प्रमुख शाहले फेसबुकमा लेख्नुभएको छ, ‘यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरुले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रीत भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।’

महानगर प्रमुख शाहले सहकारीका शेयर सदस्य र संचालक दुबैलाई ‘कानुनले निर्दिष्ट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्न’ आग्रह गर्नुभएको छ ।

अभिलेख

लोकप्रिय