महिला उद्यमीहरुसँग पोखरा रोयल सहकारी
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दुलेगौंडा सेवाकेन्द्र अन्तर्गत महिला उद्यमीहरुलाई लक्षित गरि वित्तीय सचेतना र डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा महिला उद्यमी संघ, शुक्लागण्डकी ईकाइ र महिला उद्यमी विकास समिती, शुक्लागण्डकी उद्योग बाणिज्य संघमा आवद्ध ५६ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो । संस्थामा हाल ६८ प्रतिशत महिला सदस्य छन् । संस्थाले शेयर सदस्य एवं शुभेच्छुकहरुलाई लक्षित गरि नियमित रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
संस्थाका सञ्चालक तथा दुलेगौंडा सेवा केन्द्र व्यवस्थापन उपसमिती संयोजक एक बहादुर गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले सहकारी संस्था लगाएत अन्य वित्तिय संस्थाहरुको वर्तमान अवस्था, वित्तीय सुरक्षा र डिजिटल साक्षरता जस्ता विषयमा प्रस्तुतीकरण गरेका थिए । संस्थाका सुचना प्रविधी विभाग प्रमुख अविनाश पौडेलले आजको युगमा प्रयोग भएका विभिन्न सामाजिक संजालहरु र डिजिटल प्रविधिमा आउने समस्या र तिनलाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रशिक्षण प्रस्तुत गरेेका थिए ।
सेवा केन्द्र व्यवस्थापन उपसमिती सदस्य जोशिला थापाले सहभागिहरुलाई स्वागत मन्तव्य, महिला उद्यमी ईकाइका अध्यक्ष तुलसी शाहले सहभागिहरुको तर्फबाट मन्तव्य राख्दै संस्थाले महिला उद्यमीलाई लक्षित कार्यक्रमले अत्यन्तै उत्साहित भएको बताईन । उक्त कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख सरस्वती भुजेलले गरेेकी थिईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
