२३ कात्तिक २०८३, सोमबार

सहकारीको ऋण तिर्न लम्किचुहा नगरपालिकाकाे ताकेता, अटेरी गरे कारबाही गरिने

२०८० असार १२, मङ्गलबार
सहकारीको ऋण तिर्न लम्किचुहा नगरपालिकाकाे ताकेता, अटेरी गरे कारबाही गरिने

काठमाडाैं : कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाले सहकारीबाट लिएकाे ऋण नतिर्ने सदस्यलाई ताकेता गरेकाे छ । नगरभित्र सञ्चालनमा रहेको सहकारीबाट ऋण लिएको भए सहकारी संस्थाहरुमा सम्पर्क गरी ऋण भुक्तानी गरिदिन अनुरोध गरेको हाे ।

नगरपालिकाले जारी गरेकाे सूचना भनिएको छ, `यस लम्कीचुहा नगरपालिका भल्का कैलालीमा रहेका विभिन्न सहकारी संस्थाहरुबाट विभिन्न मितिमा ऋण लिएका व्यक्तिहरुले ऋण नतिरेको साथै ऋण लिएका व्यक्तिहरुलाई पटक पटक सहकारी संस्थाहरुले ताकेता गर्दा पनि सम्पर्कमा नआएको भनि यस कार्यालयमा निवेदन प्राप्त हुन आएको हुँदा ऋण लिएका व्यक्तिहरुले सहकारी संस्थाहरुमा सम्पर्क गरी ऋण भुक्तानी गरि दिन हुन अनुरोध छ । साथै ऋण नतिरि अटेरी गर्ने ऋणीहरुलाई प्रचलित कानुन बमोजिम कानुनी कार्वाही गरिने व्यहोरा जानकारी गराइन्छ ।´

अभिलेख

लोकप्रिय