२३ कात्तिक २०८३, सोमबार

मार्गदर्शन र विज्ञप्ति निकाल्ने होडबाजीमा सहकारी संघ, महासंघ: सापकाेटा

२०८० असार ११, सोमबार
मार्गदर्शन र विज्ञप्ति निकाल्ने होडबाजीमा सहकारी संघ, महासंघ: सापकाेटा

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले ‘सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यकता’ विषयक अन्तरक्रियामा साेमबार कार्यपत्र प्रस्तुत गर्दै सापकाेटाले भने, `अहिलेको आवश्यकता स्फेसिफिक एजेन्डामा छलफल गर्ने र कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय तहमा पहल गर्नु हाे ।´

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का पूर्व प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारी संघ तथा महासंघ मार्गदर्शन र विज्ञप्ति निकाल्ने होडबाजीमा लागेको आराेप लगाएका छन् । मार्गदर्शन र विज्ञप्तिले सहकारीको समस्या समाधान नहुने समेत बताए ।

त्यस्तै उनले अष्ट्रेलिया र अमेरिकामा बाहेक अन्य देश सहकारीको जिम्मा सरकारले नलिएको बताए । कति संस्था संघमा आवद्ध भए भन्दा पनि कति संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्न सकियाे त्यो महत्वपुर्ण भएको उनको भनाई थियाे ।

त्यस्तै तोकिएको मापदण्ड पुरा गरेका संस्थाको सुरक्षाको प्रत्याभुति प्रोस्कूनले लिन्छ भन्न सक्नु अहिलेको आवश्यकता रहेको समेत उनकाे भनाइ थियाे ।

 

अभिलेख

लोकप्रिय