सहकारीमा सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यकता : बागमती प्राेस्कून

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले ‘सञ्जाल सहकार्य र व्यवस्थापन आजको आवश्यक्ता’ विषयक अन्तरक्रिया साेमबार सम्पन्न गरेको छ । बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संघहरुको सञ्जाल व्यवस्थापन र सञ्जाल सहकार्य सम्बन्धी साझा धारणा बनाउने उद्देश्यले अन्तरक्रिया आयोजना गरेको हो । गोष्ठीमा बागमती प्रदेशका १२ जिल्ला बचत तथा ऋण सहकारी संघको सहभागितामा रहेको थियो ।

बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सञ्चालित गोष्ठीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारीमा सञ्जाल व्यवस्थापन र सहकार्यको महत्वको बारेमा प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतीकरणमा सापकोटाले अष्ट्रेलिया र अमेरिकामा बाहेक अन्य देश सहकारीको जिम्मा सरकारले नलिएको बताए । कति संस्था संघमा आवद्ध भए भन्दा पनि कति संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्न सकियाे त्यो महत्वपुर्ण भएको उनको भनाई थियाे ।
तोकिएको मापदण्ड पुरा गरेका संस्थाको सुरक्षाको प्रत्याभुति प्रोस्कूनले लिन्छ भन्न सक्नु अहिलेको आवश्यकता रहेको समेत उनले औंल्याए । सहकारीका संघ तथा महासंघ मार्गदर्शन र विज्ञप्ति निकाल्ने होडबाजीमा लागेको भन्दै उनले यसले मात्र सहकारीको समस्या समाधान नहुने प्रष्ट पारे । अहिलेको आवश्यकता स्फेसिफिक एजेन्डामा छलफल गर्ने र कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय तहमा पहल गर्नु पर्ने उनको भनाई थियाे ।
त्यसैगरी बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले बागमती प्रदेशमा सञ्जाल सहकार्य र सञ्जाल व्यवस्थापनको विषयमा निर्धारण गरेको संरचना र सो मार्फत बचत तथा ऋण सहकारीको उदाहरणीय व्यवस्थापनमा संघको परिकल्पनाको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
संघका महासचिव जिवसराज खड्काले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्पना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन । बागमती प्रोस्कूनले कल्पना गरेको सञ्जाल व्यवस्थापन र सञ्जाल सहकार्यका विषयमा सहभागीहरुबीच खुल्ला छलफल समेत भएकाे थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
