२३ कात्तिक २०८३, सोमबार

सहकारी रजिस्ट्रारकाे कार्यालय काठमाडौं छिट्टै : रजिस्ट्रार खतिवडा

२०८० असार १०, आईतवार
सहकारी रजिस्ट्रारकाे कार्यालय काठमाडौं छिट्टै : रजिस्ट्रार खतिवडा

काठमाडौं : बागमती प्रदेश सरकारका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडाले सहकारी रजिस्ट्रार कार्यालय काठमाडौंमा छिट्टै खाेलिने बताएका छन् ।

बागमती प्रदेश सहकारी संघ र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघकाे संयुक्त रुपमा आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा रजिस्ट्रार खतिवडाले भने, `संघीयतापछि संरचनात्मक सुधार नगरी सहकारी हस्तान्तरण गर्दा सहकारीमा समस्या देखिएकाे हाे । संरचनामै सुधार जरुरी छ ।´

सहकारी एकीकरण जाेड दिनुपर्ने बताउँदै खतिवडाले स्थानिय तहले सिफारिस नदिँँदा समस्या भएकाे बताए । `सहकारीमा अनुगमन नगर्दा समस्या आयाे भन्नुहुन्छ`, रजिस्ट्रार खतिवडाले भने, `अनुगमन गर्दा विराेध गर्नुहुन्छ । स्पष्ट धारणा आए राम्राे हुने थियाे ।´

अभिलेख

लोकप्रिय