२३ कात्तिक २०८३, सोमबार

संकटग्रस्त सहकारी व्यवस्थापनका लागि संस्थागत संयन्त्र निर्माण गर्दै काठमाडौं महानगर

२०८० असार ८, शुक्रबार
संकटग्रस्त सहकारी व्यवस्थापनका लागि संस्थागत संयन्त्र निर्माण गर्दै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारी सम्बन्धी मापदण्ड जारी गर्ने भएको छ । महानगरपालिकाले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा  सहकारी संस्था दर्ता, नवीकरण तथा मर्जर सम्बन्धी मापदण्ड बनाएर कार्यान्वयन गर्ने उल्लेख गरेको हो ।

यसैगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले संकटग्रस्त सहकारी व्यवस्थापनका लागि संस्थागत संयन्त्र निर्माण गरेर प्राथमिकताकासाथ कार्य गर्ने जनाउनुभएको छ ।

सहकारी क्षेत्रमा सुशासन कायम गर्न सहकारीलाई नियमन, अनुगमनको कार्यलाई तीब्रता दिँदै विद्युतीय प्रणालीमा आवद्ध गरिने भएको छ ।

सहकारी संस्थाका सदस्यहरुलाई लक्षित गरी सहकारी शिक्षा कार्यक्रम गर्ने, महानगर क्षेत्र बाहिर सञ्चालित उत्पादनमूलक सहकारीसँग सहकार्य गरी गुणस्तरीय वस्तु सुलभ रुपमा उपलब्ध गराउने लगायतका विषयवस्तु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अभिलेख

लोकप्रिय