संकटको बीचमा पनि सेञ्चुरी बहुउद्देश्यीयको लोभ लाग्दो प्रगती, खराब कर्जा शून्य प्रतिशत
काठमाडौं : टोखा नगरपालिका-९, गोंगबुमा मुख्य कार्यालय रहेको सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक संकटको बीचमा पनि लोभलाग्दो प्रगती गर्न सफल भएको छ । स्थापनाको छोटो समयमै सदस्यहरुको मन जित्दै सहकारीहरुको भिडमा आफूलाई अब्बल सावित गराएको छ ।
टोखा नगरपलिकाको सहकारी कार्यविधि ऐन, २०७५ अन्तर्गत २०७८ साल भदौ ४ गते स्थापना भएको सेञ्चुरीमा ८ सय ५० जना आवद्ध भएका छन् । समुदायमा आधारित भई सञ्चालमा रहेको सेञ्चुरी बहुउद्देश्यीय सहकारीको सेयर पुँजी १ करोड ५२ लाख रुपैयाँ पुगेको छ । संस्थाको नियमित बचतमा १ करोड ५ लाख, आवधिक बचतमा २ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थाले २ सय ५० जनालाई ४ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । संस्थाले स्थापनाको पहिलो वर्षमै ३ लाख ६३ हजार ५ सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
संस्थाले प्रदान गर्ने सेवाका कारण सदस्यहरुको विश्वास संस्थाप्रति बढ्दै गएको संस्थाका अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । ‘आर्थिक मन्दीको बीचमा पनि संस्थामा सेयर, नियमितम बचत र आवधिक बचतमा कुनै कमी आएको छैन । सदस्यहरुले कर्जा पनि समयमै चुक्ता गरिराख्नु भएको छ । संस्थाको खराब कर्जा शून्य प्रतिशत छ’, अध्यक्ष श्रेष्ठले भने, ‘हामीले सदस्यलाई पूर्ण रुपमा विश्वास गरेका छौं र सदस्यहरुले पनि संस्थाप्रति विश्वास जनाउनु भएको छ । त्यसैको प्रतिफलको रुपमा यो उपलब्धीलाई लिएका छौं ।’ सदस्यहरुको साथ र सहकार्यले आगामी दिनमा संस्थाले थप उचाई हासिल गर्ने समेत अध्यक्ष श्रेष्ठको भनाई छ । ‘हामी सदस्यहरुलाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्नेतर्फ केन्द्रीत छौं । सहकारीप्रति घढ्नो जनविश्वासलाई फर्काउने गरी काम गरिरहेका छौं’, अध्यक्ष श्रेष्ठले भने ।
संस्थाका अध्यक्ष लगायत सञ्चालक समितिले संस्थाबाट कुनै पनि सेवा सुविधा समेत लिने नगरेको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठ पेशाले सिभिल इन्जिनियर हुन् । उनी विभिन्न संघ/संस्थाको सफल नेतृत्व समेत गर्दै आएका छन् । सामाजिक अभियान्तका रुपमा परिचित श्रेष्ठ पछिल्लो समय सहकारीकर्ममा जोडिएको छ।

सदस्य मुना थापालाई सेयर प्रमाणपत्र हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष श्रेष्ठ


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
