सुशासनको पाटोमा समस्या छैन भने सहकारीलाई कुलिङ पिरियड दिन सकिन्छ: रजिष्ट्रार
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले समस्यामा परेका सहकारी संस्थाहरुले सम्पत्ति र दायित्वको एकिन तथ्यांक ल्याए कुलिङ पिरियड दिन सकिने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले सहकारी संस्थाले भ्यालुएटरबाट सम्पत्ति र दायित्वको प्रमाणिकरण गरेर ल्याउनु पर्ने र चित बुझे कुलिङ पिरियड दिन सकिने बताए ।

जग्गाको लाल पुर्जा मात्र ल्याएर नहुने भन्दै उनले स्थानिय सरकारबाट प्रमाणित गरेर ल्याउनु पर्ने समेत बताए । सहकारीका सञ्चालकले ल्याएको सम्पत्ति वैद्यानिक हो भन्ने प्रमाणित भई सकेपछि विभागले पनि उसको सम्पत्ति र दायित्व हेर्छ र सुशासनको अरु पाटोमा समस्या छैन भने संस्थालाई बचत फिर्ताको लागि कुलिङ पिरियड दिन सकिने उनले प्रष्ट पारे ।
सम्पत्ति व्यवस्थापनका लागि केही समय दिनुस् भनेर विभागले नै सदस्यहरुलाई अनुरोध गरिदिने रजिष्ट्रार घिमिरेले बताए । संस्थाहरुले श्वेतपत्र ल्याए पनि सम्पत्ति जोखिमपूर्ण क्षेत्रमा छ भने कुलिङ पिरियड दिन नसकिने उनले बताए । सहकारीहरुले कानुनी रुपमा आफुलाई बचाएर घर जग्गामा लगानी गरेको समेत आफुले भेटेको उनको भनाई थियो।
उनले भने, ‘घर जग्गामा लगानी गर्नुपर्यो तर संस्थाको नाममा पास गर्न मिल्दैन । सञ्चालकहरुले आफ्नै सदस्यहरु मध्ये विश्वास गरेको व्यक्तिको नाममा पास गर्ने गरेका रहेछन् । त्यसका लागि संस्थाले ऋण लगानी गर्ने गरेको रहेछ ।’ घरमा जग्गामा लगानी गर्न सदस्यको नाममा ऋण लगानी गर्ने गरेको र ऋणको सुरक्षणको लागि त्यहि घर जग्गा धितो लिने गरेको समेत भेटिएको उनको भनाई छ । पैसा सहकारीले लगानी गरेको भए पनि घर जग्गा अर्कै व्यक्तिको नाममा भएकाले त्यो सम्पत्ति सहकारीले कुनैपनि बेला विक्रि गर्न मेरो सहमति छ र यो सहकारीको सम्पत्ति हो भनेर मन्जुरीनामा गर्नु पर्ने र त्यो मन्जुरीनामा सम्बन्धीत वडा कार्यालयबाट प्रमाणिकरण गरेर ल्याउनुपर्ने उनले बताए ।
त्यसपछि सञ्चालक समितिले विभागमा आएर सहकारीको सम्पत्ति बेचबिखन गर्दा पनि सदस्यहरुको दायित्व वहन भएन भने एकाघरको जाहेजेथा बेचेर तिर्न तयार छौं भनेर मन्जुरी जनाउनु पर्ने बताए । सहकारीले यो सुविधा पाउन बचत फिर्ता गर्न नसकेका सहकारीले पनि असार मसान्तसम्म पाकेको ब्याज सदस्यलाई दिएपछि मात्रै कुलिङ पिरियड पाउने उनले जनाए । पाकेको ब्याज असार मसान्त भित्र नदिए साउनमा मुद्दा लाग्ने समेत रजिष्ट्रार घिमिरेले बताए। साउन १ गतेपछि भने मासिक प्रगतिको आधारमा समय थप्प गर्न सकिने उनको भनाई थियो ।
अहिले वित्तीय प्रणालीमा समस्या आएको हुनाले सहकारीमा पनि समस्या आएको र बचत फिर्ताको लागि समय दिनुपर्ने आवश्यकता रहेको उनले जनाए । अहिले सबै सहकारीले बचत फिर्ता गर्न नसक्ने अवस्था रहेकोलाई सबैले स्वीकार गर्नु पर्ने भन्दै उनले श्वेतपत्र जारी गरेका संस्थाहरुको विभागले नियमन गर्दै जाने प्रष्ट पारे । विभागमा उजुरी नपरेका सहकारीले भने श्वेतपत्र जारी गर्नु नपर्ने पनि उनको भनाई थियो । उजुरी परेका सहकारीका हकमा विभागले सञ्चालकलाई बोलाएर छलफल गर्ने र सदस्यको बचतको सुरक्षणको लागि पहल गर्ने गरेको बताए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
