२३ कात्तिक २०८३, सोमबार

विद्युतीय उपकरण खरिदका लागि बिन्धवासिनी बचतले सहुलियत ऋण दिने

२०८० जेठ २२, सोमबार
विद्युतीय उपकरण खरिदका लागि बिन्धवासिनी बचतले सहुलियत ऋण दिने

काभ्रे : बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय घरायसी उपकरण खरिदका लागि सदस्यलाई सहुलियत व्याजदरमा ऋण दिने भएको छ । संस्थाले विश्व वातावरण दिवसको अवसरमा एक कार्यक्रम आयाेजना गरी सदस्यहरुलाई विद्युतीय सवारी साधन (मोटरसाईकल तथा स्कुटर) एवं विद्युतीय घरायसी उपकरण खरिदका लागि सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने जनाएको हो ।

विश्वमा दिनानुदिन बढ्दै गईरहेको तापमान नियन्त्रण एवं न्यूनिकरण तथा वातावरण संरक्षण कार्यक्रम अन्तरगत संस्थामा आवद्ध सदस्यलाई सहुलियत कर्जा दिने कार्यको आज शुभारम्भ गरेको हाे । यसै अवसरमा संस्थाले आफ्नो कार्यालय भवनको हाताभित्र प्लाष्टिक निषेधित क्षेत्र समेत घोषणा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बी. लामाले जानकारी दिए ।

May be an image of 6 people and text

अभिलेख

लोकप्रिय