२३ कात्तिक २०८३, सोमबार

पशुपति सहकारीका सञ्चालकहरुलाई पक्राउ गर्न प्रहरीमा विभागको पत्राचार

२०८० जेठ १९, शुक्रबार
पशुपति सहकारीका सञ्चालकहरुलाई पक्राउ गर्न प्रहरीमा विभागको पत्राचार

काठमाडौं : संघीय सहकारी विभागले पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष सिबी लामा र अन्य सञ्चालकहरुलाई पक्राउ गरी छानविन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पत्राचार गरेको छ ।

स्रोतका अनुसार शुक्रबार विभागले सीआईबीलाई पत्राचार गरेको हो । विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न २०७९ फागुन २९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको थियो । तर मन्त्रालयले हालसम्म पनि समस्याग्रस्त घोषणा गरेको छैन ।

पशुपति सहकारी विगत ३ वर्षदेखि संकटमा छ । संस्थाले सदस्यको हित विपरित कार्य गरेको, निर्धारित शर्त बमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य मान्यता एवं सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको विभागको ठहर छ ।
गत साउन २ गते ७८ जना सदस्यले संस्था विरुद्ध सहकारी विभागमा उजुरी दिएका थिए । विभागले सोही उजुरीको आधारमा संस्थाका सञ्चालकलाई बोलाएर बचत फिर्ता गराउन निर्देशन दिँदै आएपनि अटेरी गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय