जिल्ला सहकारी संघ चितवनको टोली पोखरा रोयलमा
कास्की : जिल्ला सहकारी संघ, चितवनको नेतृत्वमा आएको सहकारीकर्मीहरुले पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको भ्रमण गरेको छ ।
संघका सञ्चालक शुशीला उप्रेती र भगवती पोडेलका नेतृत्वमा चितवन जिल्लाका विभिन्न संस्थाहरुको प्रतिनिधि सम्मिलित टोलीले पोखरा रोयल साकोसका पदाधिकारीसँग सहकारीका समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया गर्दै अनुभव साटासाट गरेको हाे । गण्डकी प्रदेशमा सञ्चालित सफल सहकारीहरुको असल अभ्यासहरु बुझ्न भ्रमण टोली पोखरा आईपुगेको हो । पोखरा रोयल सहकारीको तालिम हलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संस्थाको गतिविधीका सम्वन्धमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) को अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरुङले संस्थाको स्थापना कालदेखी हालसम्म भएका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रम पश्चात भ्रमण अवलोकनकर्ताहरुले पोखरा रोयल सहकारीका महिला सदस्यहरुद्धारा सञ्चालित रोयल दिदीबहिनी किचनको स्थलगत अवलोकनका साथै किचनका पाकवानहरुको टेस्ट गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
