२३ कात्तिक २०८३, सोमबार

सुनौलो बहुउद्देश्यीय सहकारीका दुई सञ्चालक प्रहरीकाे नियन्त्रणमा

२०८० जेठ १७, बुधबार
सुनौलो बहुउद्देश्यीय सहकारीका दुई सञ्चालक प्रहरीकाे नियन्त्रणमा

रुपन्देही : बुटवलको सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाका दुई सञ्चालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको ६० लाख हिनामिनाकाे आराेपमा प्रहरीले सञ्चालक सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई मंगलबार राती नियन्त्रणमा लिएको हो ।

सहकारीका सदस्यले रकम हिनामिना गरेको आरोप लगाउँदै कार्यालय घेरेपछि बुटवलको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय रामनगरका अनुसार नियन्त्रण लिएका सिर्जना तामाङ र आर्यन क्षेत्री सहकारीका कर्मचारी र सञ्चालक दुबै भएको बताएको छ ।

बचतकर्ताहरू बढी आक्रोशित भएर सहकारी घेरेपछि घटना घट्न सक्ने सम्भावना देखेर उनीहरूलाई नियन्त्रणमा लिएर सुरक्षित राखिएको रामनगर वडा प्रहरी कार्यालयले बताएको छ ।

अभिलेख

लोकप्रिय