२३ कात्तिक २०८३, सोमबार

सहकारीको आयकर बढ्यो, बचत ऋण सहकारीलाई २० प्रतिशतसम्म कर

२०८० जेठ १५, सोमबार
सहकारीको आयकर बढ्यो, बचत ऋण सहकारीलाई २० प्रतिशतसम्म कर

काठमाडौं : सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई लाग्ने आयकर बढाएको छ ।

आज आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत सरकारले नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई १० प्रतिशत, उप-महानगरपालिमा १५ प्रतिशत र महानगरपालिकामा २० प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको हो ।

गाउँपालिकामा सञ्चालित सबै किसिमका सहकारीलाई आयकरमा भने पूर्ण रूपमा छुट दिएको छ । यस अघि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पनि आयकर बढका थिए । तर, पछि सहकारी अभियानको बिरोधपछि फिर्ता भएको थियो ।

यस पटक अर्थमन्त्री डा. प्रकाश शरण महतले पनि आयकर बढाएका छन् ।

सहकारी ऐन २०७४ मा नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ५ प्रतिशत, उप-महानगरपालिमा ७ प्रतिशत र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ।

अन्य प्रकृतिका सहकारीको हकमा भने पुरानै दर कायम गरिएको छ।

No description available.

अभिलेख

लोकप्रिय