सहकारीको संख्या ३१ हजार नाघ्यो, ४ खर्ब ७८ अर्ब निक्षेप, कर्जा लगानी सवा ४ खर्ब
काठमाडौं : देशभर सहकारीको संख्या ३१ हजार ३ सय ७३ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुन महिनासम्ममा सहकारीमा सर्वसधारणको कुल निक्षेप ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ निक्षेप छ । सहकारीमा ७३ लाख ८१ हजार २ सय १८ जना आवद्ध भएका छन् । करिब साढे ३१ हजारको संख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रहेको छ ।
चालु आर्थिक वर्षका ८ महिनासम्ममा सहकारी क्षेत्रमा ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन भई ४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ । सहकारी क्षेत्रमा ९१ हजार ३ सय प्रत्यक्ष रोजगार रहेकोमा २०७९ फागुनसम्म यस्तो संख्या ९३ हजार ७ सय ७१ पुगेको पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
सहकारी गतिविधिलाई विश्वसनीय र पारदर्शी तुल्याउन एवम् एकीकृत तथ्याङ्कको लागि विकास गरिएको अनलाइन प्रविधिमा आधारित सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा २०७९ असारसम्म १० हजार ८ सय ४१ सहकारी संस्था आवद्ध भएका छन् । यस आर्थिक वर्षको फागुनसम्म ३ हजार २ सय ४१ थप भई हालसम्म १४ हजार ८२ सहकारी संस्था यस प्रणालीमा आवद्ध भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार