२३ कात्तिक २०८३, सोमबार

हाम्रो बचतले घटायो ऋणको ब्याजदर

२०८० जेठ १४, आईतवार
हाम्रो बचतले घटायो ऋणको ब्याजदर

ललितपुर : लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीमा ब्याजदर घटाएको छ । संस्थाले ०.२५ देखि ०.५० प्रतिशतसम्म ब्याजदर घटाएको हो । परिवर्तित ब्याजदर अनुसार १४.५ देखि १५.७५ प्रतिशतसम्म रहेको छ ।

संस्थाले जेठ १६ गतेदेखि लगानीमा उक्त ब्याजदर लागु हुनेगरी घटाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । संस्थाको जेठ ५ गतेसम्मको वित्तीय विवरण अनुसार १६ करोड ५ लाख ८७ हजार ३०० रुपैयाँ सेयर पूँजी तथा १ अर्ब ५ करोड ८१ लाख ७१ हजार ७९५ रुपैयाँ कुल बचत रहेको छ ।

त्यसैगरी संस्थामा १ अर्ब २९ करोड ६४ लाख ८५ हजार ४६२ रुपैयाँ ऋण लगानी र ११ करोड २६ लाख ७२ हजार ५३५ रुपैयाँ जगेडा कोषमा रहेको छ । संस्थामा २१ करोड ४ लाख १० हजार २२८ अर्थात २० प्रतिशत रलता रहेको जनाइएको छ । संस्थामा ७ हजार १२ जना मध्ये २ हजार ३६९ जना सदस्यले ऋण लिएको जनाइएको छ ।

May be an image of text that says 'ऋणको ब्याजदर परिवर्तन गरिएको जानकारी मिति २०६० जेष्ठ १६ गतेदेखि संस्थाबाट ऋण लिदा हाल कायम भएको ब्याजदरमा ०.२५ देखि 0.ሂ प्रतिशत सम्म घटाइएको ब्यहोरा सम्पूर्ण सदस्यहरुमा जानकारी गराउन चाहान्छीं नयां ब्याजदर १४.५ प्रतिशत देखि १५.७ प्रतिशत सम्म कायम हुनेछ। दर्तानं, २७/०५५/०५६ Regd.No.27/055/056 www.hamrosaccos.coop.np "आपसी सहयोग, सदभाव सामुहिक हितका लागि सहकारी" हाम्रो Hamro Saving and Credit Co-operative Society Limited बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेल, ललितपुर (Lagankhel, Lalitpur)'

अभिलेख

लोकप्रिय