सहकारीमा २ वर्षको ‘कुलिङ पिरियड’ सम्भव छ?
काठमाडौं : समस्यामा परेका केही सहकारी सञ्चालनका लागि वातावरण बनाउन राष्ट्रिय सहकारी महासंघले लविङ गरिरेहेको छ ।
महासंघले गठन गरेको सहकारी समस्या समाधान सहजिकरण कार्यदलले १३ बुँदे माग राखी आन्दोलनको कार्यक्रम समेत घोषणा गरिसकेको छ । जेठ ९ गतेदेखि आन्दोलनको कार्यक्रम सुरु भएको छ ।
कार्यदलले राखेको मागहरु मध्ये ११औं बुँदामा बिषम परिस्थितिका कारण कार्यालय सञ्चालन गर्न समस्यामा परेका केही सहकारी संघ÷संस्था सञ्चालनका लागि वातावरण बनाउन कम्तीमा २ वर्षको ‘कुलिङ पिरियड’ दिन सरकारसँग माग गरिएको छ ।
माग अनुसार समस्यामा परेका सहकारीहरुलाई सरकारले कम्तीमा २ वर्षको कुलिङ पिरियड दिनुपर्ने र त्यसपछि सदस्यको बचत फिर्ता गर्ने भन्ने बुझिन्छ । त्यस बीचमा सहकारीले गरेको लगानी उठाएर बचत फिर्ता गराउने भन्ने बुझिन्छ । तर, कुन सहकारी के कारणले समस्यामा परेका हो भन्ने विषय न कार्यदललाई थाहा छ न सरकारलाई नै । समस्यामा परेका सहकारीले सदस्यहरुलाई समेत यथार्थ जानकारी गराउन सकेको छैन ।
सहकारी ऐनको दफा ६४ मा सदस्यले संस्थामा जम्मा गरेको बचत फिर्ता माग गरेका निजको कुनै दायित्व भएमा त्यस्तो दायित्व कट्टा गरी बाँकी रकम तोकिए बमोजिम फिर्ता गर्नुपर्ने उल्लेख छ । त्यस्तै सहकारी नियमावलीको दफा २४ को (३) बमोजिम बचत रकम सदस्यले मागेका बखत ब्याजसहित तुरुन्त फिर्ता गर्नुपर्ने उल्लेख गरेको छ । तर, समस्यामा परेका सहकारीको लगानी रकम नउठेका कारण कुलिङ पिरियड माग गरिएको हो । लगानी रकम उठेपछि सदस्यलाई बचत फिर्ता गर्ने उनीहरुको माग छ ।
अभियानका मागका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका एक उच्च अधिकारीसँग जिज्ञासा राख्दा २ वर्षको कुलिङ पिरियड सम्भव नहुने बताए । सरकारले २ वर्षसम्म बचत फिर्ता नगर, बचत फिर्ता नमाग भन्न नमिल्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
