सहारा र पशुपति सहकारीमा अनुगमन: सच्चिन आग्रह, अटेर गरे सिधै कारबाही
बाँके : नेपालगञ्ज उपमहानगरपालिकाले दुई वटा सहकारी संस्थाको अनुगमन गरेको छ । पालिकाको नियमन क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन गरेको हो ।
नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था अध्ययन गरी चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रविणकुमार रानाले जानकारी दिए । सहकारी ऐन र प्रलचित नियम कानुनबमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रुटि र सुधारका लागि आवश्यक सल्लाह सुझाव दिँदै सहकारीलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न अनुगमन गरिएको हो ।
उपमहानगरपालिकाको सहकारी शाखाको अनुगमन टोलीले आइतबार नेपालगञ्ज–१८ कारकाँदोस्थित सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पशुपति बहुउद्देश्यीय सहकारी संस्थाको अनुगमन गरेको थियो ।
अनुगमनमा भटिएको केफियतलाई सुझावसहित सच्चिन पालिकाले आग्रह गरेको छ । तर अर्को पटक अनुगमन गर्दा नसच्चिएको पाइए कारबाहीको प्रक्रिया अगाडि बढाइने सहकारी शाखा प्रमुख रानाले बताए ।
सहारा र पशुपति दुबै सहकारीले प्राप्त सुझाबका आधारमा त्रुटि सच्चाउँदै आगामी दिनमा सुव्यवस्थित र सृदृढ ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
ऐन नियम, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, नियमित बैठक बस्नुपर्ने, कागजात चुस्तदुरुस्त राख्नुपर्ने, ऋण प्रवाह गर्दा अपनाउनुपर्ने प्रक्रियालगायतका विषयमा कैफियत लेखेर आगामी दिनमा सच्याउन प्रतिबद्ध बनाइएको अनुगमन टोलीका एक सदस्यले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
