२३ कात्तिक २०८३, सोमबार

साकोस म्यानेजर्स क्लब सुनसरी गठन, अध्यक्षमा पुष्कर बस्नेत

२०८० जेठ ६, शनिवार
साकोस म्यानेजर्स क्लब सुनसरी गठन, अध्यक्षमा पुष्कर बस्नेत

इटहरी : सुनसरी जिल्लाका बचत तथा ऋण सहकारी संस्थामा कार्यरत व्यवस्थापन प्रमुखहरूको साझा संघठनका रुपमा म्यानेजर्स क्लब, सुनसरी गठन भएको छ ।

बचत तथा ऋण सहकारी संघ ,सुनसरीको आयोजनामा सम्पन्न वित्तीय ब्यबस्थापन समिति र ब्यबस्थापनको भूमिका बिषयक ८औँ अध्यक्ष र व्यबस्थापक भेलाले पुष्कर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । बस्नेत किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।

तदर्थ समितिको उपाध्यक्षमा शोभा धमला, सचिवमा विवस पौडेल र कोषाध्यक्षमा उपेन्द्र घिमिरे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता श्रेस्ठ, अनिता गुरुङ, सनिता बास्तोला, टंक बहादुर सुनुवार, पहलत शाह, त्रिलोचन ढकाल, योगेन्द्र पौडेल रहेका छन् ।

त्यसैगरी भेलाले ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारमा सुमन सुबेदी, बिमल श्रेस्ठ र कुमार निरौला चयन भएका छन् ।

अभिलेख

लोकप्रिय